दिन दहाडै कुटिए नेकपाका नेता, कारण के हो ?

विद्यालयको आर्थीक कारोबारको सन्दर्भमा कुराकानी गर्न बस्नेत त्यहाँ जानु भएको थियो ।

दमक, ७ बैशाख २०८३ |  झापाको दमकमा नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रिय सदस्य विरेन्द्र बस्नेतमाथी आक्रमण भएको छ । सोमबार बिहान करिब साढे १० बजेतिर लेनदेनको काम छ भन्दै दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाइएको थियो।

 

त्यहाँ पुगेपछि चार जनाको समूहले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको दमक प्रहरीले जनाएको छ ।

 

घटनापछि इलाका प्रहरी कार्यालय दमकको टोलीले कुटपिटमा संलग्नमध्ये दमक–९ का ५५ वर्षीय शिव साह र कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट नियन्त्रणमा लिएको छ। अन्य संलग्न व्यक्तिहरू भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

कुटपिटबाट घाइते बस्नेतको कान, मुख र घाँटीमा सामान्य चोट लागेको छ।

विद्यालयको आर्थीक कारोबारको सन्दर्भमा कुराकानी गर्न बस्नेत त्यहाँ जानु भएको थियो । तर त्यो विषयमा कुरा हुनुभन्दा पनि बस्नेतमाथी अपशब्द सहित हात हालहाल सुरु भएपछि घटनाले यस्तो रुप लिएको प्रहरीले जनाएको छ ।

बस्नेत अहिले स्थानीय अस्पतालमा उपचार गराइरहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।

चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै

भद्रपुर, ७ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रका नागरीक भन्छन् : महगी बढेको पीडा सुनाउने ठाउँ भेटेनौ

दमक,७ वैशाख। दमक ३ का कर्ण बहादुर बस्नेत । अटो रिक्सा कुदाएर गुजारा चलाउनु हुन्छ । घरबाट बाहिर निस्कदा अटो रिक्सामा आज कसरी पेट्रोल हाल्ने