सरकोवालाले उठाए गम्भिर प्रश्न

नयाँ सरकारको हुकुमी निर्देशनले शिक्षामा बढ्यो अन्यौलता

अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।

दमक, ७ बैशाख । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैशाख २ देखि शुरु हुने शैक्षिक सत्र वैशाख १५ मा सार्नुको तात्विक कारण के होला ? मन्त्रालयले कारण नखुलाई शैक्षिक सत्र पछाडि सार्दा निजी विद्यालयलाई विद्यार्थी तान्ने र भर्ना गर्ने अवसर पाउने र सार्वजनिक विद्यालयमा विद्यार्थी घटाउने नियत राखेको अर्थका रुपमा हेरीएको छ । यती मात्रै होर मन्त्रालयको शैक्षिक सत्र पछाडि सार्ने निर्णयबाट पनि संविधानले निर्दिष्ट गरेको विद्यालय स्थानीय सरकार मातहतको व्यवस्थाको उल्लङ्घन भएको देखिन्छ ।

 

अनी अर्को संयुक्त राज्य अमेरिका–ईरान युद्धले पेट्रोलियम पदार्थको आपूर्तिमा परेको असरका कारण देखाउँदै सरकारले सातामा दुई दिन सार्वजनिक विदा गर्ने निर्णय गर्यो । यो निर्णयको घेरोमा देशभरका विद्यालयहरु पनि परेका छन् । सरकारले गरेको साताको दुई दिन सार्वजनिक विदाको निर्णय प्रति निजी विद्यालय सम्बद्ध संगठनका नेताहरुले असहमति जनाएको समाचार छ । यो निर्णयले सरकारले निर्दिष्ट गरेको पाठ्यक्रम निर्धारित समयमा पूरा नहुने र विद्यार्थीको सिकाइ उपलब्धिमा ठुलो ह्रास आउने निश्चित रहेको उनीहरुले दावी गरेका छन् ।

दमकमा उज्यालो खवरले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै निजी विद्यालय सम्बद्ध संगठनमा आवद्ध पदाधिकारीहरुले आपत्ती जनाएका हुन ।

 

सरकारले सार्वजनिक गरेको शासकीय सुधारका प्राथमिकताको सय सूचीमा कक्षा ५ सम्मको परम्परागत परीक्षा हटाउने निर्णय गरिएको छ । यो काम उपयुक्त हो तर यो आदेश दिएर हुने कुरा होइन । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम कार्यान्वयन नभए पनि लागू भएको छ । त्यहाँ विस्तृत नियमित मूल्याङ्कन पद्धतिको कुरा छ । अझ कार्यालयहरु बिहान ९ बजेदेखी ५ बजे सम्म र विद्यालयको पठन पाठन १० बजेदेखी ४ बजे सम्मले पनि कामकाजी अभिभावकहरुमा अन्यौलता बढाएको छ । लामो समयको विदालाई कतिपय अभिभावकले परिवर्तनको सुरुवात भनेका छन् भने कतिपयले हतारको निर्णय भन्दै टिप्पणी गरेका छन् ।

वैशाख १५ देखि शुरु हुने नयाँ शैक्षिक सत्र र पठनपाठन शुरु गर्ने २१ गतेको बिचमा नयाँ शैक्षिक सत्रको कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण र तयारी गर्ने, विद्यालय सुधार योजना निर्माण र अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरु सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधार सम्बन्धी योजना निर्माण गर्ने मन्त्रालयले तालिका तय गरेको छ । र सामुदायीक विद्यालयहरु ऋहिले यही काममा व्यस्त रहेको र सरकारले शिक्षामा सुधार गर्न यसखाले एकै मितीको विद्यालय सञ्चालनको मिती ल्याउने निर्णयको स्वागत गरेका छन् ।

 

संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । सरकारले इन्धनको अभाव हुनसक्ने अवस्थालाई विचार गरेर विद्यालयमा दुई दिन सार्वजनिक विदाको आवश्यकता अनुसार निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनु पर्ने थियो । अहिलेको अवस्थामा सरकारको निर्णयबाट संविधानको उल्लङ्घन भएको देखिन्छ । तर यो उल्ंघननै भएपनि यसको प्रतिवाद गर्न पालिका सरकारले हिम्मत देखाएनन ।

र अन्तिममा यसको अहिले विभिन्न कोणबाट आलोचना भइरहेको छ यद्यपि शिक्षक वा नजी विद्यालयका सञ्चालकले दाबी गरेजस्तो पाठ्यक्रम तोकिएको समयमा पुरा नहुने भन्ने चाहिँं आधारहीन दाबी हो । विद्यालयले साताको दुई दिन विदा हुँदा शैक्षिक कृयाकलापमा गर्नुपर्ने फेरबदल गर्न नचाहेर यस्तो दाबी गरेका हुनसक्छन् । साताको दुई दिन विदा हुँदा तोकिएको सिकाइ उपलब्धि हासिल गर्न शिक्षक र विद्यालय प्रशासन बढी रचनात्मक बन्नुपर्ने हुनसक्छ । तर दुवै थरी सिकाइ उपलब्धिको कुरा नगरी पाठ्यक्रम सक्ने कुरा मात्र गरिरहेका छन् । मुख्य कुरा विद्यार्थीको सिकाइ हो भन्ने कुरालाई ध्यान दिनु उपयुक्त हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा अत्याधिक गर्मीले जनजीवन प्रभावितः गर्मीले घटायो बजारको चहलपहल

दमक,२१ जेठ । विगत केही दिनदेखि पूर्वका विभिन्न भू–भागसँगै झापाको दमकमा पनि गर्मी अत्यधिक बढेको छ। बिहानैदेखि लाग्ने चर्को घाम र तातो हावाका कारण दमक

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाको प्रदर्शन

काठमाडौं,२१ जेठ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा

चीनद्वारा लिजियान–१ रकेटबाट थप ५ उपग्रह प्रक्षेपण

चीन,२१ जेठ। चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको छ । रकेटले हालै आफ्नो १३ औं अभियान अन्तर्गत पाँचवटा उपग्रहहरू अन्तरिक्षमा पु¥याएको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक माथि समितिमा छलफल

काठमाडौं,२१ जेठ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।

 पाँच दिन बित्दा पनि खुल्न सकेन रहस्य, अनुसन्धानमै अल्झियो प्रहरी

दमक,२१ जेठ। झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । घटनाको

देशद्रोही प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर

काठमाडौं,२१ जेठ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही