पथरी, १० बैशाख / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माणको प्रक्रिया अघि बढ्नेमा संघर्ष समिति विश्वस्त बनेको छ ।
समितिका सचिव दुर्गाप्रसाद भट्टराईले आज सडक कार्यालयका प्रतिनिधिसँग पथरीमा छलफल भएपछि ५० मिटर चौडाईको सडक क्षेत्र निर्माणको प्रक्रिया केही दिनमा थालिने जानकारी दिनुभयो । उहाँका काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीका प्रतिनिधिहरुले छलफलमा ५० मिटर चौडाईको सडक निर्माणको प्रक्रिया अघि बढाइने जानकारी गराएको बताउनु भएको छ । सडकमा नाली निर्माणका लागि एक साता अघिनै सामग्री झारिइसकेको छ ।
स्थानीयले सडक पक्षकासाथै नगरपालिका कार्यालयका प्रतिनिधिलाई सहभागी गराई सडक क्षेत्र खाली गर्ने अभियान थालेपछि सडक आयोजनाले ५० मिटरकै सडक निर्माणको सहमति जनाएको थियो ।
जस अन्तर्गत सडकको दुबैतर्फ गरी २५/२५ मिटर अर्थात कुल साढे ८२ फिट क्षेत्र खाली गर्न थालिएको २ दिने नाँपजाँच कार्य सम्पन्न गरेको र सडक क्षेत्रमा पर्ने संरचना खाली गर्ने क्रम बढेको छ । स्थानीय भिष्म न्यौपानेले आफ्नो एउटा कोठा सडक क्षेत्रमा परेको घर भत्काएर सडक व्यवस्थित गर्ने कार्यको थालनी गर्नुभएको छ ।
ंस्थानीयले संघर्ष समिति समेत खडा गरेर ५० मिटरकै सडक निर्माणको दबाब दिन थालेपछि पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि सडकको क्षेत्राधिकार साढे ८२ फिट चौडाई खाली गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल अघि बढाएको थियो । पहिलेको स्टिेमेटमा ५० मिटरको सडक निर्माणको योजना नरहेको अवस्थामा स्थानीयको दबाब बढ्यो । स्थानीयले नै पहल गरेर साढे ८२ फिट क्षेत्र खाली गरेपछि मात्र सडक परियोजनाले सडक बढाइदिने जनाएपछि संघर्ष समितिले नगरपालिका र सडक परियोजनाका समेत प्रतिनिधि राखेर नाँचजाँच गरेको हो । नापजाँचपछि स्थानीय सडक क्षेत्र खाली गर्न तयार रहेको संघर्ष समिति संयोजक बाबुराम एङ्देनले जनाउनु भयो ।
पथरी बजारमा सडकको साढे ८२ फिट चौडाईको क्षेत्राधिकार खाली हुन नसक्दा ४४ मिटर चौडाईको मात्र सडक बन्ने भएपछि भविष्यका लागि सडक क्षेत्रको पूर्णरुपमा प्रयोग गरी ५० मिटरकै सडक बन्नु पर्ने आवाज उठाउँदै आएको अवस्था छ । यसक्रममा माघ ११ गते वडा नम्बर १ का वडाअध्यक्ष भिमकुमार राईको संयोजकत्वको राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीमा ५० मिटर सडक निर्माणको आफ्ना माग अघि सारेको थियो ।
सरकारको नीति अनुसार साविकदेखि नै सडक क्षेत्रमा पर्दै आएको साढे ८२ फिट क्षेत्रमा पर्ने संरचना हटाउनका लागि १ नम्बर वडा कार्यालयले ३५ दिने सूचना जारी गरिसकेको थियो ।

खुल्यो वाल्मिकी मन्टेश्वरी
दमक , १० बैशाख | दमक नगरपालिका–२ पाथिभरा टोलमा वाल्मिकी मन्टेश्वरी विद्यालयको उद्घाटन गरिएको छ । वडा सदस्य ललित विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयकी








