पानी पिउने सही तरिका

सावधान के तपाईँलाई थाहा छ दिन दिनै गर्मी बढीरहेको छ। अरु बेला भन्दा बढी हामीले यो गर्मीमा अझै आफ्नो स्वास्थ्यलाई ध्यान दिनु पर्छ। तपाईँ आफ्नो स्वास्थ्यलाई हेलचेक्राइ त गर्दै हुनुहुन्न नी।

काम सँगसँगै आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनु पर्छ। सधैँ काम काम भनेर आफ्नो ख्याल गर्नै त छोड्नु भको छैन याद राख्नुहोस्,पहिलो सुख, निरोगी अर्थात् पहिला स्वास्थ्य अनि मात्र काम।

 

आज स्वास्थ्य रहन कति र कसरी पानी पिउने, दिनमा कति पटक पिउने भन्ने बारेमा जानौं आफु र आफ्नो स्वास्थ्यलाई विषेश ध्यान दिउ
यदि तपाईँ बाहिर घाममा वा धेरै शारीरिक श्रम हुने काम गर्नुहुन्छ भने दिनमा ३ देखि ४ लिटर सम्म पानी आवश्यक पर्न सक्छ।
पिसाबको रङ हेरेर पनि पानीको आवश्यकता थाहा पाउन सकिन्छ। यदि पिसाबको रङ सफा वा हल्का पहेलो छ भने तपाईँको शरीरमा पानीको मात्रा ठिक छ, तर गाढा पहेलो छ भने तुरुन्तै पानी पिउनु आवश्यक छ।

पानी पिउने सही तरिका

एकैचोटि एक लिटर पानी पिउनु भन्दा अलि९अलि गर्दै पटक पटक पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
सकभर शान्त भएर बसेर पानी पिउँदा शरीरका अंगहरूले यसलाई राम्ररी सोस्न पाउँछन्।
फ्रिजको एकदमै चिसो पानीले पाचन प्रक्रियामा असर गर्न सक्छ र घाँटीको समस्या निम्त्याउन सक्छ। सम्भव भएसम्म घैँटोको पानी वा सामान्य तापक्रमको पानी पिउनु उत्तम हुन्छ।

कुन कुन समयमा पानी पिउनु उचित हुन्छ

बिहान उठ्ने बित्तिकै खाली पेटमा १ देखि २ गिलास मनतातो वा सामान्य पानी पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
खाना खानुभन्दा आधा घण्टा अघि पानी पिउनुहोस् यसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ। तर खाना खाने बित्तिकै धेरै पानी नपिउनुहोस् खाना खाएको ४५ मिनेट पछि मात्र पिउनु राम्रो स्वास्थ्यलाई एकदम फाईदा हुन्छ।
तिर्खा लाग्नु अघि, तिर्खा लाग्नु भनेको शरीरमा पानीको कमी भइसकेको संकेत हो। त्यसैले तिर्खा नलागे पनि समय९समयमा पानी पिउने बानी बसाल्नुहोस्।

पानीको विकल्पमा अन्य कुराहरू

केवल सादा पानी मात्र पिउन गाह्रो हुन्छ भने यी प्राकृतिक पेयहरू पनि समावेश गर्न सक्नुहुन्छ
नरिबलको पानी र कागती पानी, यसले शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा सन्तुलनमा राख्छ।
दहीको मोहि वा लस्सी, यसले पेटलाई सितल बनाउँछ।

काँक्रो, खरबुजा र फलफूल, यी फलफूलमा पानीको मात्रा धेरै हुन्छ, जसले गर्मीमा ऊर्जा दिन्छ।
तपाईँ आफ्नो काममा व्यस्त रहँदा एउटा पानीको बोतल सधैँ साथैमा राख्नुहोस् ताकि कामको बीच९बीचमा पानी पिउन सजिलो होस्। स्वस्थ शरीर नै सबैभन्दा ठुलो धन हो,

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।