सुर्खेतमा गरियो झन्डै ५ रोपनीमा लगाइएको अफिम खेती नष्ट

सुर्खेत,१२ वैशाख । नेपाल प्रहरीले रुकुम पश्चिममा ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनु भयो ।

आठविकोट नगरपालिकामा सबैभन्दा धेरै ४ सय रोपनी क्षेत्रफलमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको उहाँले बताउनु भयो। सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल ५ सय १८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । अफिम लागूऔषध भएकोले अवैध मानिन्छ ।

आठविकोट नगरपालिकामा धेरै अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बर्षेनी अफिम खेती नष्ट गर्दै आएपनि उत्पादनमा भने कमि आउन सकेको छैन। जंगलको बीचमा उत्पादन हुने भएको उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीको क्षेत्रका सुकुमबासीहरुमा समेत डर र त्रास

दमक,१२ वैशाख । यहि गीत गाएर र यो गीतलाई एल्गोरिदम बनाएर धेरै भिडियो बने । गरिवका कोहि छैनन । कोहि बोल्ने भऐन्न भनेर गत चुनावमा

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाइयो

काठमाडौं ,१२ वैशाख। सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको हो

सुर्खेतमा गरियो झन्डै ५ रोपनीमा लगाइएको अफिम खेती नष्ट

सुर्खेत,१२ वैशाख । नेपाल प्रहरीले रुकुम पश्चिममा ५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि

पानी पिउने सही तरिका

सावधान के तपाईँलाई थाहा छ दिन दिनै गर्मी बढीरहेको छ। अरु बेला भन्दा बढी हामीले यो गर्मीमा अझै आफ्नो स्वास्थ्यलाई ध्यान दिनु पर्छ। तपाईँ आफ्नो

के थियो जनप्रतिनिधि र शैक्षिक संस्थाबीचको विवाद?

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेल सम्बन्धी विवादित भिडियो सार्वजनिक भएपछि उहाँको सचिवालयले विस्तृत प्रष्टीकरण दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट जारी वक्तव्यमा घटनाको