थापाथलीमा सुकुम्बासी स्थानान्तरण सुरु

वास्तविक सुकुम्बासीको पहिचान गरी राधास्वामी–कीर्तिपुरमा अस्थायी बसोबास र मेडिकल टोली खटाइदै

काठमाडौं,१२ वैशाख । काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा वास्तविक सुकुम्बासीहरूको पहिचान गरी अस्थायी व्यवस्थापन गरिएको बताउनु भएको छ्।

उहाँले पहिलो चरणमा वास्तविक सुकुम्बासीहरूको लगत संकलन गरिने जानकारी दिँदै लगत संकलनपछि उनीहरूलाई सामानसहित सुरक्षित स्थानमा सारिने बताउनु भयो्। उहाँका अनुसार तत्कालका लागि राधास्वामी, कीर्तिपुरको सत्संगभित्र अस्थायी बसोबासको व्यवस्था गरिएको छ, जहाँ बस्ने र खाने सम्पूर्ण सुविधा उपलब्ध गराइनेछ।
बोगटीले दोस्रो चरणमा उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि स्पष्ट पार्नु भयो।
यसैबीच, काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत ऋषि भुसालले सुकुम्बासी स्थानान्तरणका क्रममा स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या समाधानका लागि मेडिकल हेल्प डेस्क स्थापना गरिएको जानकारी दिनु भयो।

महामारी रोकथाम तथा नियन्त्रणमा फोकल पर्सनको रूपमा कार्यरत भुसालले नेपाल सरकारको आह्वानअनुसार सुकुम्बासीहरूलाई हालको स्थानबाट सुरक्षित स्थानमा सार्ने क्रममा स्वास्थ्यजन्य समस्या आउन सक्ने भएकाले मेडिकल टोली खटाइएको बताउनु भयो।
उहाँका अनुसार टोली सिफ्टअनुसार परिचालित छ, जसमा ४ जना डाक्टरसहित नर्सिङ टोली गरी १२ देखि १५ जना स्वास्थ्यकर्मी रहेका छन्। प्राथमिक उपचार, मानसिक समस्या देखिए काउन्सिलिङ, तथा आवश्यक परे सम्बन्धित अस्पतालसम्म लैजान एम्बुलेन्सको समेत व्यवस्था गरिएको उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने