बालेन सरकारमा पुरानै रोग, खेलकुद मन्त्रीका प्रमुख सल्लाहकारमा आफ्नै दाइ नियुक्त

काठमाडौं ,१३ वैशाख । भ्रष्टाचार, नातावाद र नेपोबेबी संस्कृति अन्त्य गर्ने हुटहुटीसहित सत्ताको बागडोर सम्हालेको बालेन शाह नेतृत्वको वर्तमान सरकार पनि अन्ततः विवादको घेरामा तानिएको छ। सिस्टम सुधार्ने दुई तिहाइ जनमतको म्यान्डेट पाएको सरकारले नियुक्तिमा मेरिटोक्रेसी योग्यता प्रणाली लाई प्राथमिकता दिने बताए पनि व्यवहारमा भने नातावाद हाबी भएको पाइएको छ।

 

यसको ज्वलन्त उदाहरण खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयमा देखिएको छ, जहाँ मन्त्रीले आफ्नै दाइलाई प्रमुख सल्लाहकारु को शक्तिशाली पद सुम्पिएका छन्।

 

खेलकुद मन्त्री पोखरेलले चैत १९ गतेदेखि लागू हुने गरी सिद्धि व्यञ्जनकारलाई आफ्नो प्रमुख सल्लाहकार नियुक्त गरेका हुन्। मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले व्यञ्जनकारको नियुक्तिको लिखित जानकारी मन्त्रालयमा प्राप्त भइसकेको पुष्टि गरे। तथ्य खुल्दै जाँदा, नवनियुक्त सल्लाहकार व्यञ्जनकार नाताले मन्त्री पोखरेलका आफ्नै दाइ पर्छन्।

 

देशको समग्र खेलकुद नीति निर्माणमा मन्त्रीलाई सुझाव दिनुपर्ने पदमा नियुक्त व्यञ्जनकारको योग्यता भने औषत देखिएको छ। खेलकुद वृत्तका अनुसार उनी ललितपुरको फ्रेन्ड्स क्लबसँग आबद्ध एक सामान्य फुटबल प्रशिक्षक मात्र हुन्।

 

उनको विज्ञताबारे प्रश्न उठाउँदै एक खेलकर्मीले भने, उहाँ प्रशिक्षक संघको सदस्य हुनुहोला, तर राष्ट्रिय स्तरको खेलकुद नीति बुझेको विज्ञका रूपमा उहाँको कुनै पहिचान छैन। यो विशुद्ध पारिवारिक व्यवस्थापन मात्र हो।

 

मन्त्री पोखरेलसँग शिक्षा मन्त्रालयको समेत जिम्मेवारी भएकाले उनी प्रायः त्यता व्यस्त रहन्छन्। यही रिक्तताको फाइदा उठाउँदै सल्लाहकार व्यञ्जनकारले मन्त्रालयमा अघोषित मन्त्रीको भूमिका निभाउन थालेको स्रोतको दाबी छ।

 

कार्यकारी हस्तक्षेपस् उनी मन्त्रीको सल्लाहमा मात्र सीमित नरही बजेट विनियोजन, वैदेशिक भ्रमण तय गर्ने र खेलाडी बिदाइ जस्ता कार्यकारी निर्णयमा हाबी हुने गरेका छन्।

 

निकायमा दबाब राष्ट्रिय खेलकुद परिषद राखेप लगायतका स्वायत्त निकायहरूमा समेत उनले सिधै निर्देशन दिने गरेको आरोप छ।

 

व्यञ्जनकारको सक्रियता केवल पदमा मात्र सीमित छैन। उनी र बालेन टिमका अन्य प्रभावशाली सदस्यहरू भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र सुशील कडरिया—को निजी क्षेत्रको नेपाल सुपर लिगु सँग पनि संदिग्ध सम्बन्ध देखिएको छ। बुटवल एफसीसँगको आबद्धता र फ्रेन्चाइजी बैठकहरूमा उनीहरूको बारम्बारको उपस्थितिले स्वार्थको द्वन्द्व संकेत गर्छ।

 

हामी फरक छौ भन्दै वैकल्पिक राजनीतिको आश जगाएको बालेनको टिममा देखिएको यो नातावादु ले समर्थकहरूमा निराशा पैदा गरेको छ। एकातिर नेपोबेबी को विरोध गर्ने र अर्कोतिर मन्त्रालयलाई पारिवारिक अखडा बनाउने प्रवृत्तिले वर्तमान सरकारको नैतिकतामाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।