म र मेरो पार्टीले काम गर्दा हातखुट्टा काप्ने छैनन  ः सजिदा खातुन

काठमाडौं,१३ वैशाख । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिनु भएको छ ।

 

आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उहाँले जनताको माग ‘डिमाण्ड साइड’ मा रहने र सरकार ‘सप्लाइ साइड’ मा बस्ने भएकाले यी दुईबीच तालमेल आवश्यक रहेको बताउनु भएको हो ।

 

उहाँले भन्न् भयो, ‘जहिले पनि जनता डिमाण्ड साइटमा बस्ने हुन्छ भने सरकार सप्लाइ साइडमा बस्छ । यी दुई वटाको तालमेल मिलाउन जरुरी छ । तालमेल मिलेन भने फेल खान्छौं । त्यसकारण जहिले पनि सरकारको शिरमा बसेर काम गर्दा देश र जनताको मागलाई हेरेर अगाडि बढ्नुपर्छ ।’

 

सांसद सिद्धिकीले आफ्नो जिम्मेवारी पार्टीसँगै संसदमा रहेको उल्लेख गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नु भयो्, ‘मेरो जिम्मेवारी पार्टीसँगै सदनमा छ । मैले काम गर्दा देश र जनता शिरमा हुनेछ , म र मेरो पार्टीले काम गर्दा हातखुट्टा काप्ने छैनन् र न्याय जनताको पक्षमा रहनेछ । सदनमा रहँदा कानुन, न्याय तथा मानव अधिकार समितिमा बसेर कार्ययोजना बनाउँदै छु।’

 

उहाँले आफू कर्णालीको आवाज र मधेशको सवाल बन्न चाहेको बताउँदै देशलाई सुन्दर, शक्तिशाली र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन चाहेको धारणा राख्नु भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।