जाजरकोटमा आएन प्रवेशपत्र, अन्योलमा १२ का विद्यार्थी

जाजरकोट,१३ वैशाख । भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि प्रवेशपत्र नपाएपछि विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।

 

कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयका अनुसार यसवर्ष कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका केही विद्यार्थीको प्रवेशपत्र हालसम्म नआएको हो । विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।

 

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंहले भन्नु भयोे, ‘विद्यार्थीहरूले फाराम भर्ने, शुल्क बुझाउनेलगायत सबै प्रक्रिया समयमै पूरा गरेका छन् । तर प्रवेशपत्र नआएको कारणबारे बुझ्न राष्ट्रिय परीक्षा बोर्डमा सम्पर्क गर्दा पनि फोन उठेन ।’

 

प्रवेशपत्र नपाएका एक विद्यार्थीले आफूले सबै प्रक्रिया समयमै सम्पन्न गरेको दाबी गर्दै भने, ‘विद्यालय जाँदा प्रवेशपत्र आएको छैन भनियो । पछि किन नआएको भनेर सोध्दा कागजात केही छुटेको हुन सक्छ भन्ने अस्पष्ट जवाफ आयो । अब परीक्षा दिन नपाउने हो कि भन्ने डर लागेको छ ।’
यता शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले भने यस विषयमा आफूहरू अनभिज्ञ रहेको प्रतिक्रिया दिनु भएको छ । ‘कक्षा १२ को परीक्षा व्यवस्थापनसम्बन्धी काम सम्बन्धित विद्यालय र परीक्षा बोर्डले हेर्ने हो,’ उहाँले भन्नु भयोे ।

 

परीक्षा जस्तो संवेदनशील विषयमा सम्बन्धित निकायबीच समन्वयको अभाव देखिँदा निर्दोष विद्यार्थी मारमा परेका छन् । परीक्षा सुरु हुन एक दिन मात्र बाँकी रहँदा पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नदेखिँदा प्रभावित विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् ।
उनीहरुले बिद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेहरुलाई छानबिन गरेर कारवाही गर्न माग गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा प्रहरीको स्विप अपरेसन , कतिजना र केके समातियो

दमक ,१३ बैशाख | लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत आज १० जना नियन्त्रणमा परेका छन्।   जिल्ला प्रहरी कार्यालय झापा 

जाजरकोटमा आएन प्रवेशपत्र, अन्योलमा १२ का विद्यार्थी

जाजरकोट,१३ वैशाख । भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन्

कर्णालीमा विद्यार्थी भर्ना अगावै पुग्यो पाठ्यपुस्तक

सुर्खेत,१३ वैशाख । सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यालय भर्ना सुरु हुन अगावै सबै जिल्लामा

स्थानीय तह पार्टीका कार्यकर्ता भर्ति गर्ने केन्द्र जस्तो छ: ज्ञानेन्द्र शाही

काठमान्डौं ,१३ वैशाख।राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं सांसद ज्ञानेन्द्र शाहीले स्थानीय तहको संरचना र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।   उहाँले

म र मेरो पार्टीले काम गर्दा हातखुट्टा काप्ने छैनन  ः सजिदा खातुन

काठमाडौं,१३ वैशाख । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको मागबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिनु भएको छ ।   आइतबार न्यूज एक्सप्रेसले आयोजना

सरकारको कामप्रति हर्क साम्पाङ आक्रोश

काठमाडौं ,१३ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गर्नु भएको छ । आइतबार सामाजिक संजालमार्फत उहाँले सुकुमबासीलाई कुल्चन