जाजरकोटमा विद्यालयको बदमासी: विद्यार्थीको हातमा प्रवेशपत्र होइन, आँसु

जाजरकोट, १५ वैशाख । विद्यालय प्रशासनको गम्भीर लापरवाही र गैरजिम्मेवारीका कारण जाजरकोटको एक माध्यमिक विद्यालयका विद्यार्थीहरू कक्षा १२ को राष्ट्रिय परीक्षा दिनबाट वञ्चित भएका छन् । कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयले विद्यार्थीको आवेदन फारम र आवश्यक कागजात राष्ट्रिय परीक्षा बोर्डमा नपठाउँदा उनीहरूको भविष्य अन्योलमा परेको हो ।

 

प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सुर्खेतका अनुसार विद्यालयले सुरुमा १३६ जना विद्यार्थीको नाम अनलाइन प्रणालीमा दर्ता गरेको थियो । तर, पछि ११९ जनाको मात्र राजस्व संकलन गरी कागजात बोर्डमा पठाइएको पाइएको छ । कागजात पठाइएका विद्यार्थीको प्रवेशपत्र आएर उनीहरू परीक्षामा सामेल भइरहँदा, बाँकी विद्यार्थी भने परीक्षा हल बाहिरै बस्न बाध्य भएका छन् ।

 

यस प्रकरणमा अर्को उदेकलाग्दो तथ्य पनि फेला परेको छ । अघिल्लो वर्ष नै कक्षा १२ उत्तीर्ण गरिसकेका एक विद्यार्थीको समेत पुनः फारम भरेर बोर्डमा पठाइएको पाइएको छ । उक्त त्रुटि सार्वजनिक भएपछि बोर्डले ती विद्यार्थीको परीक्षा रद्द गरेको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका सूचना अधिकारी नरेश कुमार भट्टराईले जानकारी दिए ।

विद्यालयले विद्यार्थीले समयमै कागजात नबुझाएका कारण समस्या भएको जिकिर गर्दै बोर्डलाई पत्र पठाएको छ । यता, पीडित विद्यार्थीहरूले भने विद्यालयको दाबी झूटो भएको बताएका छन् ।

  • विद्यार्थीका अनुसार आवेदन खुलेको केही दिनमै कर्मचारी घनश्याम सिंहलाई सबै कागजात बुझाइएको थियो ।
  • फारम नछुटोस् भनेर प्रधानाध्यापक सुरेन्द्र बहादुर सिंहलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको उनीहरूको आरोप छ ।
  • प्रति विद्यार्थी २ हजार रुपैयाँ राजस्व बुझाए पनि विद्यालयले बिल नदिएको र रकम बोर्डमा दाखिला नगरेको विद्यार्थीहरूको गुनासो छ ।

“हामीले सबै प्रक्रिया पूरा गर्दा पनि परीक्षा दिन नपाउनु सरासर अन्याय हो । हाम्रो एक वर्षको मेहनत र भविष्यमाथि विद्यालयले खेलबाड गरेको छ,” एक पीडित विद्यार्थीले आक्रोश पोखे ।

स्थानीय अभिभावक र विद्यार्थीले विद्यालय प्रशासनको यो चरम लापरवाहीलाई ‘अपराध’ को संज्ञा दिँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । परीक्षा जस्तो संवेदनशील विषयमा जिम्मेवार निकाय मौन बस्दा शिक्षा प्रणालीकै विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

आजदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भइरहँदा, मान्ने ढुंगा माविका यी निर्दोष विद्यार्थी भने न्यायको पर्खाइमा छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।