मदन भण्डारीको ७५औँ जन्मजयन्ती

बहुदलीय प्रणाली र राष्ट्रिय एकतामा पूर्वराष्ट्रपतिको जोड

काठमाडौं,१४ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्वमा जोड दिनु भएको छ । सोमबार आयोजित कार्यक्रममा बोल्दै उहाँले मदन भण्डारीलाई राष्ट्रवादी र दूरदृष्टि भएका नेताका रूपमा स्मरण गर्दै भौतिक रूपमा गुमाएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि नेपाली जनजीवनमा उहाँ भावनात्मक र राजनीतिक रूपमा जीवित रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मदन भण्डारीज्यूलाई भौतिक रुपमा गुमाएको ३० वर्ष बढी भइसकेको छ । तर पनि भावनात्मक रुपमा र राजनीतिक हिसावले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनु भएको छ । उहाँ एउटा राष्ट्रवादी र दूरदृष्टि भएको नेता हो । त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलन एक ढंगले संगठित र सशक्त ढंगले रहेको छ ।’
उहाँले भण्डारीकै मार्गदर्शनका कारण नेपालको कम्युनिस्ट आन्दोलन संगठित र सशक्त रूपमा अघि बढिरहेको धारणा व्यक्त गर्नु भएको छ।

 

पूर्वराष्ट्रपति भण्डारीले बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकता वर्तमान सन्दर्भमा अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विश्वमा विभिन्न राजनीतिक दर्शनहरू प्रचलनमा रहे पनि जनताको बहुदलीय जनवादकै आधारमा देशको आवश्यकता अनुसार अघि बढ्नुपर्ने बताउनु भयो ।
साथै, देशको वर्तमान गतिलाई ध्यानमा राख्दै यी विषयमा गम्भीर अध्ययन गरी राष्ट्रिय हितअनुसार नीतिहरू तय गर्नुपर्नेमा जोड दिइनु भयो।

उहाँले भन्नु भयो, ‘बहुदलीय प्रणाली सामाजिक सद्भाव र राष्ट्रिय एकता निकै महत्वपूर्ण विषय छ । संसारमा धेरै दर्शन चलेका छन् । धेरै दर्शनलाई मानिसहरुले र देशहरुले अनुशरण गरिरहेको अवस्थामा जनताको बहुदलीय जनवादमै आधारित रहेर जबजकै आधारमा सामाजिक एकता सद्भाव र राष्ट्र निर्माण भन्दा पनि बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकता सम्बन्धि कार्यक्रम गरेको हो जस्तो लाग्छ । आज देश जुन गतिमा गइरहेको छ त्यसलाई हेरेर वा राम्रोसँग अध्ययन गरेर देशको आवश्यकता अनुसार अगाडि बढ्नुपर्ने छ ।’

 

भण्डारीले विश्वमा विभिन्न राजनीतिक दर्शनहरू प्रचलनमा रहेपनि जनताको बहुदलीय जनवाद (जबज) कै आधारमा देशलाई अघि बढाउनुपर्ने धारणा राख्नु भएको छ । उहाँले यस्ता विषयलाई समग्र रूपमा हेरेर कार्यक्रम आयोजना गरिएको जस्तो लागेको पनि बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

काठमाडौं,१९ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार