विवादपछि सशस्त्रका डीएसपी हमाल बाहिनी तानिए

सिरहा,१४ वैशाख ।सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक(डीएसपी)विजय हमाललाई स्थानीयसँगको विवादपछि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार स्थानीयसँग भएको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग सम्बन्धी विषयमा छानबिन गर्न उहाँलाई बाहिनी तानिएको हो।

 

हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय र प्रहरीबीच विवाद भएको थियो । सोही क्रममा डीएसपी हमाल आक्रोशित रूपमा प्रस्तुत भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियोमा उहाँले स्थानीयलाई गाली गरेको सुन्न सकिन्छ। यसप्रति आपत्ति जनाउँदै स्थानीयहरूले प्रतिवाद गर्नु भएको छ । उनीहरूले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेर प्रहरी आफैंले नै तस्करीको आरोप लगाउनु विरोधाभासपूर्ण भएको बताएका छन् । भिडियोमा डीएसपी हमाल बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा हेलमेट लगाएर आएको देखिन्छ । विवाद चर्किएपछि स्थानीयले सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिवकुमार यादवलाई घटनास्थलमा बोलाउनु भएको थियो ।
स्थलगत निरीक्षणपछि सांसद यादवले सम्पूर्ण स्थानीयलाई ‘तस्कर’को आरोप लगाउनु गैरकानुनी र अनुचित भएको टिप्पणी गर्नु भएको छ।

साथै प्रहरी पोशाकमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गरी नागरिकलाई त्रसित पार्ने कार्य अस्वीकार्य रहेको बताउँदै घटनाको निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्नुपर्ने माग गर्नु भएको छ।
घटनापछि स्थानीयवासीहरूले संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन् । यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले स्थानीय र प्रहरीबीचको विवादकै कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरी हेडक्वार्टरमा तानिएको जानकारी दिनु भयो।
डीएसपी हमाल यसअघि सशस्त्र प्रहरी बल अन्तर्गत बरियारपट्टी क्षेत्रमा कार्यरत हुनुन्थ्यो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखापत्र संस्थानमा रावल र सुरक्षण मुद्रण केन्द्रमा ढुंगाना नियुक्त

काठमाडौं,१९ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार