रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

रामेछाप,१५ वैशाख । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिवार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरेपछि सवारी आवागमन सुचारु गरिएको हो । शनिवार दिउँसो वर्षा सुरु भएलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सडक बन्द गरेको थियो । सोही क्रममा रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार खण्डअन्तर्गत रोशीखोलाका करिब चार किलोमिटर क्षेत्रमा बनाइएका डाइभर्सनहरूमा क्षति पु¥याएको थियो ।

गत वर्ष र यस वर्षको वर्षायाममा रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत रोशी खोला किनार क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाइसकेको छ । सो सडक पुनर्निर्माणको काम जारी रहेकाले हाल खोलामै अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ । तर खोलामै सडक निर्माण गरिएको कारण सामान्य वर्षा हुँदा समेत बाढीले सडक बगाउने जोखिम कायम रहेको छ । पटक–पटक मर्मत गरिए पनि फेरि बाढी आउँदा सडक पुनः क्षतिग्रस्त हुने समस्या दोहोरिँदै आएको छ ।

यद्यपि सडक पुनर्निर्माणको काम भइरहे पनि निर्माणको गति सुस्त रहेकाले यस वर्षको वर्षायामअघि नै सडक सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ । यसले काठमाडौं–पूर्व आवतजावत गर्ने यात्रुहरूलाई निरन्तर सास्ती खेप्न बाध्य बनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौं आउने सवारी साधनहरूले वैकल्पिक मार्गका रूपमा खुर्कोट–रामेछापको मन्थली हुँदै दोलखाको चरिकोट भएर यात्रा गर्नुपरेको थियो। उक्त मार्ग प्रयोग गर्दा काठमाडौं आउजाउ गर्न सामान्यभन्दा चार घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । सडक सञ्चालमा आए पनि पानी पर्ना साथ सडक अवरुद्ध हुने भएकोले सतर्कता अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार

सुकुम्बासी समस्यामा सांसद राईको आपत्ति

काठमाडौं,१८ असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाउनु भएको