’नेपाली माटोको सुगन्ध’ फैलाउने अठोटका साथ राष्ट्रिय चिया दिवस मनाइँदै

काठमाडौं,१५ वैशाख । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ। नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवद्र्धनमा ध्यान केन्द्रित गरिन्छ।

 

हरेक नेपालीको दैनिक जीवनको अभिन्न हिस्सा बनेको चिया केवल पेय पदार्थ मात्र होइन, हाम्रो संस्कृति, आतिथ्यता र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको परम्परा पनि हो। अधिकांश नेपाली घरमा दिनको सुरुवात चियाबाट हुने गर्दछ भने अतिथि सत्कारको पहिलो माध्यम पनि प्रायः चियानै बन्ने गरेको छ।

 

इलाम र झापाका हरियाली डाँडाकाँडाबाट सुरु भएको नेपालको चिया यात्राले करिब डेढ शताब्दी पार गरिसकेको छ। आज नेपाली चियाले विश्व बजारमा आफ्नो छुट्टै पहिचान र विशिष्ट स्वाद स्थापित गरिसकेको छ। चियाको प्रत्येक कपमा पूर्वी पहाडको शीतल हावा र मेहनती किसानहरूको पसिनाको सुगन्ध मिसिएको अनुभूति हुने गर्दछ।

 

नेपालमा पर्याप्त उत्पादन हुँदाहुँदै पनि बढ्दो आयात, गुणस्तर प्रमाणीकरणका लागि आफ्नै अत्याधुनिक प्रयोगशालाको अभाव तथा बजार व्यवस्थापनमा देखिएका नीतिगत अन्योलले चिया क्षेत्रलाई चुनौतीमा पारेको छ। लाखौँ श्रमिक र किसानहरूको जीविकोपार्जनसँग जोडिएको यस क्षेत्रमा न्यायोचित मूल्य, प्रविधिको पहुँच र दीर्घकालीन नीति अझै अपेक्षाकै विषय बनेको छ।

 

विशेषज्ञहरूका अनुसार उचित नीति, आधुनिक प्रविधि र गुणस्तरमा दृढता देखाउन सके नेपाली चियाले विश्व अर्थतन्त्रमा अझ बलियो स्थान बनाउन सक्छ। राष्ट्रिय चिया दिवसले आफ्नै मौलिक उत्पादनप्रति गर्व गर्न मात्र होइन, यसको व्यवसायीकरण, संरक्षण र प्रवद्र्धनमा जिम्मेवार बन्न पनि प्रेरित गर्दछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा