विभिन्न माग राख्दै त्रिविमा विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं,१४ वैशाख । त्रिभुवन विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न नारासहित प्रदर्शन गरेका छन्। उनीहरूले शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौं, क्याम्पसहरू सुन पसल होइनन्, विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाऊ, ओइ सरकार ओइ, विद्यालय शिक्षा विधेयक खोइ ? लगायतका नारासहित पम्पलेट प्रदर्शन गरेका हुन्। अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता मदन ढकालले संयुक्त विद्यार्थी संगठनको तर्फबाट विरोध प्रदर्शनस्वरूप मार्चपास गरिएको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘जनतालाई महँगीको मारमा पारिएको छ, सुकुम्बासीको उठीबास गराइएको छ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिएको छैन। यी सबै विषयमा सरकारलाई ध्यानाकर्षण गराउन हामीले विरोधसभा र मार्चपास गरेका हौं।’ ढकालले आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियन मार्फत विभिन्न क्याम्पसहरूमा कार्यक्रम र गतिविधि सञ्चालन गरिने पनि बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘आज हामीले मार्चपास गरिसकेपछि अब आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियनको माध्यमबाट विभिन्न क्याम्पसहरूमा आफ्नो कार्यक्रम र गतिविधि गर्नेछौं। धारा १७ लाई ख्याल नगरी सरकारले विद्यार्थी संगठनलाई खारेज गर्ने भन्दै अपवाह फैलाइएको छ, त्यो खेदजनक छ।’

यस्तै, विद्यार्थी नेतृ ममता अधिकारीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएर आन्दोलन रोक्न नसकिने बताउनु भयो।
उहाँले भन्नु भयो, ‘विद्यार्थी संगठन कसैले प्रतिबन्ध लगाउँदैमा लाग्ने पनि होइन। हिजोका दिनमा पनि लोकतन्त्र स्थापनाका लागि जनताहरू आफ्नो स्तरबाट संगठित भएर देशमा भएका निरंकुश राजतन्त्रात्मक व्यवस्थालाई फालेको इतिहास हामीसँग छ। विद्यार्थी आन्दोलन सरकारको कुनै डायरीबाट निस्केको होइन। विद्यार्थी आन्दोलन र विद्यार्थी संगठनमाथिको प्रतिबन्ध लोकतन्त्रमाथिको प्रहार हो।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार

सुकुम्बासी समस्यामा सांसद राईको आपत्ति

काठमाडौं,१८ असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाउनु भएको