स्पष्ट कानुन र नीति नहुँदा गौरवका आयोजना सुस्त

काठमाडौं,१५ वैशाख । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको बताउनु भएको छ। आज बसेको पूर्वाधार समिति बैठकमा उहाँले राष्ट्रिय गौरवका आयोजनाहरू विभिन्न अवरोधका कारण अपेक्षित रूपमा अघि बढ्न नसकेको बताउनु भएको छ । उहाँले आयोजनाका लागि कानुनी तथा नीतिगत व्यवस्था अभावमा रहेको बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘आयोजनाहरुको कार्यनयन संबन्धी छुटै र स्पस्ट कानुनी तथा नितीगत व्यवस्था छैन । अन्य आयोजना भन्दा भिन्न प्राथमीक्ताका परिनाम मुखि हुनेगरी कार्यनयन कार्य बिधि तर्जुमा भएको पनि देखिएको छैन् ।’ पन्थले जग्गा प्राप्ति, रुख कटानी तथा मुआब्जा वितरण प्रक्रियामा जटिलता रहेको उल्लेख गर्दै ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य निर्माण सामग्रीको अभावले पनि काम प्रभावित भएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘जग्गा प्रति रुख कटानी मुअवजानी कठिनाइ भएको छ । ढुंगा गिटी बालुवा जस्ता नदि जन्य लगाएका निमार्ण सामाग्री अभाब भएको छ । केही आयोजनामा बिनियोजन बजेट पुर्ण रुपमा खर्च भएको छैन् । कम भएको ठाउँमा बजेट कम भएको छ ।’ वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिमा प्रक्रियागत ढिलाइ हुँदा आयोजनाहरू समयमै अघि बढ्न नसकेको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा