पार्टी एकता र चुनावी समीक्षाका लागि देउवा समूहको छुट्टै भेला

काठमाडौं,१५ वैशाख । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षका नेताहरुले अलग्गै भेला आयोजना गरेका छन् । देउवा पक्षको विस्तारित भेलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् । भेलाका विषयमा जानकारी दिंदै नेता कुन्दनराज काफ्लेले देशको तमाम परिस्थिति, निर्वाचनपछि कांग्रेसको अवस्था र त्यसको समीक्षा, सर्वोच्च अदालतको पछिल्लो फैसला, भावी योजनालगायतका विषयमा छलफल भइरहेको बताउनु भयो । राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने विषयमा भइरहेको चर्चालाई नियमित प्रक्रियाको रुपमा व्याख्या गर्नु भएको छ।

 

अर्का नेता मीनबहादुर विश्वकर्माले विस्तारित भेला पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने मुख्य उद्देश्यसहित अगाडि बढेको बताउनु भयो । उहाँले निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको पनि बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘नियमित महाधिवेशन वैशाख मसान्तमा तोकिएको थियो। त्यो समय पनि आइसकेको छ, त्यसका बारेमा के गर्ने र पार्टीलाई निर्वाचन आयोग र अदालतले वैधानिकता अद्यावधिक गरेर गगन थापा नेतृत्वको कांग्रेसलाई कार्यसमितिलाई वैधानिकता दिइसकेपछि बाँकी साथीहरू अब कसरी पार्टी एकताका लागि क्रियाशील बनाउने, उहाँहरूलाई परिचालित कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निर्मला पन्तको फाएल खुल्दै , बल्दै फेरि एकपटक आशाको दियो

कञ्चनपुर,१८ असार । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको झन्डै ८ वर्ष पुग्न लाग्दा पनि न्याय मिल्न सकेको छैन। यही पृष्ठभूमिमा

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।