एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यो असफलताबाट शिक्षा लिँदै पुनः उठ्ने दृढता व्यक्त गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘हामीले धेरै सफलता र असफलता पार गरेका छौँ । यस पटक ठुलो धक्का व्यहोरेका छौँ, यसबाट हामीले शिक्षा लिन्छौं र हामी फेरी यसलाई चिरेर पुनः उठ्छौँ ।’ उहाँले उग्र वामपन्थी सोचबाट लोकतान्त्रिक उपलब्धि गुम्न सक्ने चेतावनी दिनु भएको छ । उहाँले शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट राजतन्त्रको अन्त्य संविधान सभाको निर्वाचन आफू नेतृत्वमा सरकार निर्माण गर्ने त्यो अवसर र संविधान सभा बाट निर्माण गरेर शान्तिपूर्ण ढङ्गले लोकतान्त्रिक ढङ्गले समाज रूपान्तरण एउटा अवसर प्राप्त भएको छ यो अवसरलाई उग्र वामपन्थी गल्तीहरू गरेर यो अवसरलाई नगुमाउन सल्लाह दिएको थिएँ ।’ उहाँले थप्नु भयो,‘उहाँहरुले मान्नु भएन उहाँले प्रधान सेनापति हटाउन खोज्नु भएको थियो तर हटाउन सक्नु भएन तर उहाँ आफै सरकारको नेत्यृतेबाट हट्नु पर्ने अवस्था सिर्जना भयो । उग्र वामपन्थीको नतिजा कहिले पनि राम्रो हुदैन् ।’

उहाँले तत्कालीन सत्तासँग सम्बन्धित घटनाहरू स्मरण गर्दै गलत निर्णयले नेतृत्व नै संकटमा पर्ने अवस्था आउने चेतावनी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निर्मला पन्तको फाएल खुल्दै , बल्दै फेरि एकपटक आशाको दियो

कञ्चनपुर,१८ असार । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको झन्डै ८ वर्ष पुग्न लाग्दा पनि न्याय मिल्न सकेको छैन। यही पृष्ठभूमिमा

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।