कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३ लिटर प्रतिसेकेन्ड आपूर्ति भइरहेको छ, जसका कारण २६४ लिटर प्रतिसेकेन्ड पानी अपुग भएको हो । सुर्खेत उपत्यका खानेपानी संस्थानका अनुसार झुप्रा मुहानसहित विभिन्न स्रोतहरूमा पानीको मात्रा घट्दै जाँदा आपूर्ति प्रभावित भएको हो । संस्थानका कार्यालय प्रमुख डम्मरबहादुर गौतमका अनुसार सामान्य अवस्थामा १६३ लिटर प्रतिसेकेन्ड आपूर्ति क्षमता भए पनि खडेरीका कारण हाल स्रोतहरू सुक्दै जाँदा आपूर्ति घटेर ८३ लिटर प्रतिसेकेन्डमा सीमित भएको छ ।

 

हाल वीरेन्द्रनगरमा तीन दिनको अन्तरालमा मात्र एक घण्टा पानी वितरण गर्ने तालिका लागू गरिएको छ । ‘सुख्खा खडेरीका कारण स्रोतहरू सुक्दै गएकाले न्यूनतम रूपमा मात्र पानी वितरण गर्न सकिएको हो,’ गौतमले बताउनु भयो । वीरेन्द्रनगरमा खानेपानी समस्या वर्षायाममा समेत देखिँदै आएको छ । २०५९ सालमा सञ्चालनमा आएको खानेपानी आयोजना त्यतिबेला करिब ५२ हजार जनसंख्यालाई लक्षित गरी निर्माण गरिएको थियो । २०७७ सालसम्म १ लाख ४ हजार जनसंख्या पुग्ने अनुमान गरिए पनि हाल जनसंख्या बढेर १ लाख ८१ हजारभन्दा बढी पुगेपछि आपूर्ति प्रणालीमा चाप बढेको हो । हाल झण्डै १७ हजार घरधुरीमा धारा जडान गरिएको छ । तेज सहरीकरण, प्रशासनिक विस्तार, शैक्षिक तथा व्यावसायिक गतिविधिको वृद्धि र प्रदेश राजधानीको रूपमा विकास हुँदै जाँदा पानीको माग उच्च रूपमा बढेको छ ।

 

यस समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदीबाट पानी ल्याउने ‘भेरी पम्पिङ खानेपानी आयोजना’ अघि बढाइएको छ । संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा करिब ६ अर्ब लागतमा निर्माण भइरहेको उक्त आयोजना अन्तर्गत झुप्रा खोला र भेरी नदीबाट पानी पम्पिङ गरी वीरेन्द्रनगर–११ स्थित अमृतडाँडामा ल्याइने योजना रहेको छ । हाल आयोजनाको प्रारम्भिक चरणका कामहरू अघि बढिरहेका छन् । पहिलो प्याकेजअन्तर्गत विनियोजित ३ अर्ब ५० करोड रुपैयाँमध्ये हालसम्म ५८ करोड खर्च भइसकेको छ भने करिब १४ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालन भइरहेको यस आयोजनाअन्तर्गत पानी प्रशोधन केन्द्र तथा ९० लाख लिटर क्षमताका तीनवटा रिजर्भ ट्यांकी निर्माणको काम सुरु भइसकेको छ ।

सम्बन्धित निकायले आयोजनालाई तीव्रता दिँदै चाँडो सम्पन्न गर्ने लक्ष्य राखे पनि तत्कालका लागि भने वीरेन्द्रनगरवासीले खानेपानी संकट झेल्नुपर्ने अवस्था कायमै रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ