विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त बैठकले सरकारका विभिन्न गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नौं बुँदे निर्णय सार्वजनिक गरेको छ ।

बैठकले देशका विभिन्न स्थानमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरूको पहिचान र वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्यप्रति कडा विरोध गरिएको छ ।

यस्तो कदमले नागरिकमा भय र असुरक्षा बढाएको उल्लेख गर्दै तत्काल सुरक्षित आवासको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

विपक्षी दलहरूले दैनिक उपभोग्य वस्तुहरूमा भएको तीव्र मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै महँगी र कालोबजारी नियन्त्रण गर्न र गरिब तथा सीमान्तकृत समुदायका लागि सुपथ मूल्यका पसल सञ्चालन गर्न आग्रह गरिएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय परिस्थितिका कारण रासायनिक मलको अभाव हुनसक्ने भन्दै वर्षे सिजनअघि नै पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न सरकारलाई सचेत गराइएको छ ।

झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौं लगायतका क्षेत्रमा फैलिएको बर्डफ्लु प्रकोप नियन्त्रण गर्न र प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बढेको महँगी नियन्त्रण गर्न, बजार अनुगमन कडा पार्न र उपभोक्तालाई राहत दिन तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ

बाजुरामा चट्याङले ठुलो क्षति, ३९ बाख्राको मृत्यु

बाजुरा,१७ वैशाख । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो