काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’ कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो । कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले भन्नु भयो, ‘मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति संख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो हाम्रा लागि नतिजा होइन । सत्रबाट कति वटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।’

 

अभिमुखीकरण कार्यक्रममा प्रस्तुतीकरण गर्दै पूर्व न्यायाधीश द्वारिकामान जोशीले विवाद अदालतमा पुग्दा विषय विमुख भइसकेको हुन सक्ने भएकोले विवाद निरूपणका लागि स्थानीय तहमा समाधान गर्नु जत्तिको प्रभावकारी उपाय अरू नहुने बताउनु भयो । ‘नागरिक वा व्यक्तिले जान्नै पर्ने कानुनी व्यवस्था र यसको प्रयोग’का विषयमा प्रस्तुतीकरण गर्दै उहाँले, कानुनी अज्ञानताबाट कसैलाई क्षमा नहुने बताउनु भयो । अधिवक्ता पुनदेवी महर्जनले ‘मानव अधिकार तथा र महिला अधिकार सम्बन्धी कानुनी तथा संवैधानिक व्यवस्था’ विषयमामा प्रस्तुतीकरण गर्दै, विवाद सिर्जना हुने कारण, अवस्था, मनोवृत्ति स्थानीय जनप्रतिनिधिभन्दा नजिकबाट अरूलाई थाहा नहुने भएकोले स्थानीय विवाद निरूपण दिगो र प्रभावकारी हुने धारणा राख्नु भयो ।

 

अभिमुखीकरणमा कार्यपत्र प्रस्तुत गर्दै महानगरका निर्देशक वसन्त आचार्यले मेलमिलापबाट दुवै पक्षको गुम्ने कम र प्राप्त गर्ने धेरै हुनुपर्ने बताउँदै वडाबाट स्थानीय बासीलाई यो पक्षमा नियमित सचेत गराइरहनु पर्ने बताउनु भयो । विवादका पक्षलाई यो अनुभूति भएपछि मेलमिलापको वातावरण सहज हुने उहाँको भनाइ थियो । महानगरपालिकाले कानुन तर्जुमा गरेर न्यायिक विबेन्द्रीकरण गरेर विवाद सम्बन्धी निवेदन वडा कार्यालयमा दर्ता गराउन सकिने व्यवस्था मिलाएको छ । वडाबाटै निवेदन दर्ता वा दरपिठ हुने, दर्ता भएको निवेदनमाथि महिला सञ्जालले मेलमिलापकर्तामार्फत आपसी छलफलको वातावरण तयार पार्ने व्यवस्था छ । वडाबाटै विवाद समाधान हुन् । त्यसको प्रमाणीकरणका लागि मात्र विषय केन्द्रमा आओस् भन्ने कानुनको मनसाय छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ