डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीद्वारा इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त अवसरमा डिआइजी रेग्मी र एसपी खत्रीले कार्यालयको ब्यारेक भवन, प्रहरी हिरासत कक्ष, विभिन्न शाखाहरू, मेश तथा समग्र कार्यालय व्यवस्थापनको स्थलगत निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा उहाँहरूले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र जनमुखी बनाउन आवश्यक सुझाव तथा निर्देशन दिनु भएको थियो ।

 

कार्यक्रममा प्रहरी कर्मचारीहरूको उपस्थितिमा विभागीय नीति, कार्यसम्पादनको गुणस्तर, सङ्गठनात्मक अनुशासन तथा नागरिकमैत्री सेवाको महत्वबारे विस्तृत रूपमा सम्बोधन गरिएको थियो । साथै, शान्ति–सुरक्षा व्यवस्थापनमा थप सक्रियता र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिइएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्रीका अनुसार निरीक्षण तथा सम्बोधन कार्यक्रमले प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ