रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर गहिरो भीरमा खसेको त्यो जीपसँगै २० जना नेपालीको सपना र भविष्य सधैँका लागि अस्ताएको छ। तर, यो भयानक मानवीय क्षतिमा राज्यका कतिपय नेतृत्वको मौनताले यतिबेला मृतकका आफन्त र नागरिकलाई झनै मर्माहत बनाएको छ।

 

घटनाको तीन दिनपछि मात्रै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक शोक वक्तव्य निकालेको छ। प्रवक्ता मनिष झाले आज शनिबार विज्ञप्ति जारी गर्दै सडक सुरक्षा र नीतिगत सुधारको कुरा त गर्नुभयो, तर प्रश्न उठेको छ— के २० जना नागरिकको ज्यान जाँदा शोक व्यक्त गर्न पनि तीन दिन कुर्नुपर्ने हो?
अझ अचम्मको कुरा त के छ भने, देशका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले यति ठूलो दुर्घटनाबारे अहिलेसम्म दुई शब्द पनि खर्चिनु भएको छैन्। सरकारका प्रवक्ता सस्मित पोखरेलको मौनता पनि उस्तै छ।
यद्यपि, शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भने घटनालगत्तै शोक व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो।

 

दुर्घटनापछिको उद्धारको कथा झनै दर्दनाक छ। भीरमा अड्किएका शव निकाल्न सुरक्षाकर्मी र स्थानीयले ज्यान जोखिममा राखेर काम गरे। स्थानीय जनप्रतिनिधिले उद्धारका लागि हेलिकोप्टरको गुहार मागे पनि संघीय सरकारबाट कुनै सहयोग प्राप्त हुन सकेन। बालेनको सचिवालयमा गरिएको फोन पटक–पटक काटिएको आरोपले दुर्गमका नागरिकप्रति राज्य कति निर्दयी छ भन्ने प्रष्ट देखाएको छ।

सडकको अवस्था र राज्यको बेवास्ताले कतिञ्जेल नेपालीले यसरी नै भीरबाट खसेर ज्यान गुमाइरहनुपर्ने? के दुर्गमका नागरिकको जीवनको मूल्य केन्द्रमा बस्नेहरूका लागि केही पनि होइन? यी प्रश्नहरूले यतिबेला उत्तर खोजिरहेका छन्।
मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको