सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालयकै परिसरभित्र जग खन्ने क्रममा यी घातक वस्तु भेटिएका हुन्।प्रहरीका अनुसार उत्खननका क्रममा हालसम्म ८६ वटा बम फेला परेका छन्। जसमा ८२ वटा सकेट बम, ३ वटा सुतली बम र एउटा बोतल बम रहेका छन्। बुधबार दिउँसो पहिलो पटक शंकास्पद वस्तु देखिएपछि उत्खनन सुरु गरिएको थियो, जहाँ शनिबार पुनः थप बम र विष्फोटक सामग्री फेला परेका हुन्।

 

बमका साथै घटनास्थलबाट ७ थान वाकीटाकी, ५०० ग्राम तयारी विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने २ केजी पार्टपूर्जा र १० मिटर फायरिङ केबल समेत बरामद गरिएको सल्यान प्रहरी प्रमुख हेमबहादुर केसीले जानकारी दिनुभयो। अहिले यी बमहरू निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ। कालिभक्ति गण भैरहवा र सिद्धीबक्स गण सल्यानका प्राविधिक टोलीले बम डिस्पोजलको काम गरिरहेका छन्। ठूलो परिमाणमा विस्फोटक पदार्थ भेटिएपछि दाङबाट समेत विशेष सैन्य टोली बोलाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको