हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट चोरी भएको यो ऐतिहासिक बुद्ध मूर्तिलाई शुक्रबार बुद्ध जयन्तीको पावन अवसर पारेर पुनः प्रतिस्थापन गरिएको छ।

यो मूर्ति चोरी भएर अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सन पुगेको थियो। नेपाल सम्पदा अभियानीहरू र पुरातत्व विभागको अथक प्रयासपछि २०७८ साल फागुन १८ गते नै यसलाई नेपाल फिर्ता ल्याइएको थियो। केही समय राष्ट्रिय संग्रहालयमा सुरक्षित राखिएको यो मूर्तिलाई अहिले स्थानीयको माग र महानगरको पहलमा विहारमै फर्काइएको हो।

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको विशेष सक्रियतामा प्राचीन स्मारक संरक्षण ऐन बमोजिम गुठियारहरूलाई सुरक्षाको जिम्मेवारी दिँदै यो मूर्ति हस्तान्तरण गरिएको हो। हनुमानढोकाबाट बाजागाजासहित नगर परिक्रमा गराई बुद्धको मूर्तिलाई पुनः न्छुे बहाको मूल आसनमा राखिएको छ।

आफ्नो हराएको सम्पदा घर फर्कँदा स्थानीय हर्षविभोर भएका छन्। यो पुनरागमनले नेपालका अन्य चोरी भएका कलाकृतिहरू फिर्ता ल्याउने अभियानमा थप उत्साह थपेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा