भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरु तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ । शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरित शुल्कबारे देखिएको अन्यौलता,वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो । विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधि लगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिधिलाई एकै ठाउँमा बोलाईएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका सङ्घका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासङ्का अध्यक्ष सहभागी हुनुहुनेछ भने गृहमन्त्राल र शिक्षा मन्त्रालयका उच्चअधिकारीको उपस्थिति रहनेछ । केही संस्थागत विद्यालयहरुले कानुन विपरित शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि गैरकानुनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयले हालै निर्देशन दिएको थियो ।

सङ्घीय सरकारले विद्यालयहरुलाई वैशाख १५ बाट विद्यालय भर्ना थाल्न र वैशाख २१ गतेबाट पठनपाठन सुरु गराउन निर्देशन दिएको थियो । तर काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले वैशाख ११ गतेदेखि नयाँ भर्ना अभियान सुरु गर्न र वैशाख १५ गतेदेखि नियमित रुपमा पठनपाठन सञ्चालन गराउन निर्देशन दिएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान

’सुकुम्बासीको छोरो’ भन्दै चुनाव जितेका सांसद खनालको घर नै ऐलानी जग्गामा

काठमाडौँ,२० वैशाख । सरसफाइ अभियन्ताहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर उम्मेदवार बनेका कृष्णप्रसाद खनाल (केपी खनाल)ले २१ फागुनको निर्वाचनमा कैलाली– २ बाट चुनाव जित्नु

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, २० वैशाख । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा

बालेन युगमा रामराज्य हुन्छ भन्नेहरु नै अहिले सरकारको पारा देखेर राम राम भन्न थालिसके : प्रभु साह

सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा