मोरङ-३ को भूमि समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा आयोगको सिफारिसका आधारमा निर्णय हुने

दमक, २१ बैशाख | मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गणेश कार्की ले जिल्लाको भूमि समस्या सामान्य नभएको भन्दै विशेष ढंगले समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

 

उहाँले मोरङ ३ लाई फरक दृष्टिले हेरेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो।

मोरङ जिल्ला मा सुकुम्बासी, अव्यवस्थित बसोबासी र दोहोरो स्वामित्वका समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै कार्कीले सरकारले पर्याप्त सूचना सार्वजनिक नगर्दा वास्तविक पीडित झन् अन्योलमा परेको बताउनुभयो।

उहाँले पीडित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै सरकारको पछिल्लो धारणा मनन् गर्न अनुरोध गर्नुभएको छ।

प्रधानमन्त्रीको प्रस्टोक्ती 

यता, प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारी जग्गा तथा नदीकिनार क्षेत्रमा भएको अतिक्रमण व्यवस्थापनका विषयमा फैलिएका भ्रमप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ।

सरकारले नागरिकलाई उठिबास गराउने उद्देश्य नभएको स्पष्ट पार्दै भूमिसम्बन्धी ऐनका केही कानुनी अवरोध अध्यादेशमार्फत हटाइएको जानकारी दिनुभएको छ।

सरकारका अनुसार अब वास्तविक भूमिहीनको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण र अभिलेख तयार गर्ने काम सुरु भइसकेको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा आयोगको सिफारिसका आधारमा निर्णय हुने जनाइएको छ।

सरकारले कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था आउन नदिने प्रतिबद्धता दोहोर्‍याउँदै अपुष्ट सूचना नफैलाउन र अनावश्यक त्रासमा नपर्न नागरिकलाई आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डलरसहित विदेशी मुद्राको आजको विनिमयदर यस्तो

काठमाडौं भदौ १३। नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।

बाढीपीडितको राहतमा नमुना कलेजले दियो ५ लाख ५ हजार ५५ रुपैयाँ

विराटनगर , भदौ १३ । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि