मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा!

हेटौंडा,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ माथि सम्पत्ति शुद्धीकरण विभागले कडा निगरानी सुरु गरेको छ। सोमबार दिउँसो काठमाडौंबाट आएको विभागको विशेष टोलीले मुख्यमन्त्री बानियाँको निवास र उहाँको निजी निर्माण कम्पनीमा एकैसाथ छापा मारेपछि राजनीतिक र प्रशासनिक वृत्तमा ठूलो हलचल मच्चिएको छ।

 

हेटौंडास्थित मुख्यमन्त्रीको निवासमा दिउँसो करिब १२ बजे पुगेको ७ सदस्यीय टोलीले झण्डै २ घण्टासम्म गहन खानतलासी गरेको थियो। टोली दिउँसो २ बजे मात्र त्यहाँबाट बाहिरिएको थियो। निवास मात्र होइन, हेटौंडा–५, पिप्लेमा रहेको बानियाँको आफ्नै स्वामित्वको ’बानियाँ निर्माण सेवा’ मा पनि विभागले छापा मारेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घर र कार्यालय दुवै ठाउँबाट अनुसन्धानका लागि महत्वपूर्ण मानिएका थुप्रै कागजातहरू टोलीले नियन्त्रणमा लिएको छ। यद्यपि, ती कागजातहरू के–सँग सम्बन्धित छन् भन्ने कुरा गोप्य राखिएको छ।

रोचक कुरा के छ भने, जुन बेला विभागको टोलीले उहाँको घर खनतलास गरिरहेको थियो, मुख्यमन्त्री बानियाँ भने संसदीय दलको बैठकमा व्यस्त हुनुहुन्थ्यो। सभामुख चयन र मन्त्रिपरिषद् फेरबदल जस्ता गम्भीर राजनीतिक विषयमा छलफल भइरहँदा उहाँले आफ्नो घरमा छापा मारिएको खबर पाउनु भएको थियो। “सम्पत्ति शुद्धीकरण सम्बन्धी परेको उजुरीका आधारमा यो अनुसन्धान र छापा मारिएको हो।“ — अनुसन्धान अधिकारीले बताँउनु भयो ।

आफ्नै घर र व्यवसाय माथि विभागले छापा मारेपछि यतिबेला सबैको नजर मुख्यमन्त्री बानियाँतिर सोझिएको छ।
के मुख्यमन्त्रीको सम्पत्ति विवरणमा केही कैफियत भेटिएला? वा यो केवल नियमित प्रक्रिया मात्र हो? विभागको आगामी कदमले नै यो कुराको फैसला गर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता