पथरी शनिश्चरेमा ‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ ।
 पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको पछिल्लो बैठकले नगरमा सबैभन्दा बढी पुस्तक कृति प्रकाशित गर्ने १४ पुस्तकका लेखक तिम्सिनालाई नगद २५ हजार, मुहारचित्र, दोसल्ला र सम्मानपत्रसहितले २०८२ सालको नगर श्रष्टा सम्मान प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो । लेखक तिम्सिनाको उच्च रक्तचापको समस्याका कारण ४५ वर्षको उमेरमा २०८२ फागनु १९ गते निधन भएको थियो ।
‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’ अन्तर्गत जेठ १६ गते एक कार्यक्रमकाबीच नगर श्रष्टा सम्मानसहितको कार्यक्रम गरिने छ । जेठ ७ गतेबाट १० दिने नाट्य कार्यशाला सञ्चालन गरिने छ । त्यसबीचमा एकदिने सृजना विमर्श कार्यक्रम समेत सञ्चालन हुनेछ ।
नगरका प्रत्येक सामुदायिक विद्यालयका एक एक जना विद्यार्थीलाई सहभागि गराई १० दिने नाट्य कार्यशाला र नगरका प्रत्येक सामुदायिक विद्यालयका २,२ जना विद्यार्थी सहभागि गराई एक दिने सृजना विमर्श कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ । नाट्य कार्यशाला र सृजना विमर्श कार्यक्रम सम्पन्न गरेपछि कार्यशालाबाट उत्पादित नाटक तथा सृजना विमर्शबाट उत्प्रेरित सृजनाहरुका साथै अग्रज सर्जकहरुको प्रस्तुतिमा अन्तिम दिन सृजना अनुष्ठानसहित श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिने छ । संस्थाले २०७५ सालबाट वर्षेनी कला र साहित्य क्षेत्रका गतिविधि सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता