कर्मचारीलाई बिधि र विद्यार्थीलाई गुरु खोज्न प्रधानमन्त्री बालेनको सन्देश

यो कुनै पार्टीविरुद्धको अभियान नभई प्रणाली र भविष्य बचाउने प्रयास

दमक ,२२ बैशाख | कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन — र विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। यही सन्देशसहित प्रधानमन्त्री बालेन शाह ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने सरकारको निर्णय सार्वजनिक गर्नुभएको छ।

प्रधानमन्त्री शाहले वर्षौंदेखि विद्यार्थी संगठन र कर्मचारीतन्त्र दलगत प्रभावको “स्लिपर सेल” जस्तै बनेको भन्दै यसले प्रणालीप्रतिको जनविश्वास कमजोर बनाएको बताउनुभयो। उहाँका अनुसार योग्यता र क्षमताभन्दा पहुँच र झण्डाको मूल्य बढ्दै जाँदा शिक्षा र प्रशासन दुबै क्षेत्र प्रभावित भएका छन्।

सरकारले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने स्पष्ट निर्णय लिएको जनाएको छ। प्रधानमन्त्री शाहले यस निर्णयले अधिकार नखोस्ने, बरु पेशागत स्वतन्त्रता बलियो बनाउने दाबी गर्नुभयो। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्ने उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले विद्यार्थीले राजनीति सिक्नैपर्ने तर त्यो सभ्यता, विचार र जिम्मेवारीको राजनीति हुनुपर्नेमा जोड दिनुभयो। कर्मचारीले पनि कुनै दल होइन, जनताको सेवा सिक्नुपर्ने उहाँको भनाइ छ।

सरकारले अध्यादेशमार्फत शिक्षालय र कर्मचारीतन्त्रमा देखिएका विकृति हटाउने प्रयास गरेको भन्दै प्रधानमन्त्री शाहले यो कुनै पार्टीविरुद्धको अभियान नभई प्रणाली र भविष्य बचाउने प्रयास भएको स्पष्ट पार्नुभयो।

परिवर्तन भाषणले होइन, निर्णयले आउने भन्दै उहाँले जनताको साथ र विश्वास आवश्यक रहेको बताउनुभएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता