दमकको सुकुमबासी बस्तिमा डोजर चले ‘म छाती थाप्ने छु।’

निस्सा पाइसक्नु भएको छ । अन्य प्रकृया अघी बढिरहेका छन् । केहि समयमा यसको प्रकृया सकिन्छ र बास्तविक सुकुमबासीहरुले धनीपुर्जा पाउनु हुने छ । ’

दमक, २२ बैशाख । दमक नगर क्षेत्रमा रहेका सुकुमबासी बस्तिमा डोजर चल्यो भने सबैभन्दा पहिला आफु छाती थाप्न अगाडी आउने दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले बताउनु भएको छ ।

सोमबार दमकका बिभिन्न क्षेत्रमा बसोबास गर्ने भूमिहिनहरुसगको संवादका क्रममा उहाँले भन्नु भयो ‘तपाईहरु जग्गा प्राप्तीको प्रकृयामा हुनुहुन्छ । निस्सा पाइसक्नु भएको छ । अन्य प्रकृया अघी बढिरहेका छन् ।

केहि समयमा यसको प्रकृया सकिन्छ र बास्तविक सुकुमबासीहरुले धनीपुर्जा पाउनु हुने छ । ’

 

उहाँले त्यो भीडलाई आश्वाशन दिदै भन्नु भयो ‘यदी दमकको कुनैपनि बस्तिमा कसैलेपनि डोजर चलाएर भत्काउन आए सबैभन्दा पहिला अघी म आउछु र त्यहाँ छाती थाप्ने छु । ’ नगर प्रमुख थापाले भन्नुभयो ।

दमक नगर क्षेत्रमा बसोबास गर्ने एकसय भन्दा बढि सुकुमबासीहरुले काठमाडौका सुकुमबासी बस्तिमा डोजर चलेपछि आफुहरुको बस्तिमा पनि चल्छ कि भन्दै चीन्ता राखेर नगर प्रमुखलाई भेट्न नगरपालिका पुगेका थिए ।

त्यसरी पुगेका सुकुबासीहरुलाई नआत्ती बस्न नगर प्रमुख थापाले आस्वाशन दिनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गाईजात्राको इतिहास प्रताप मल्लभन्दा पनि पुरानो : डा. गोविन्द टन्डन

काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् ।

बाढीपीडितको राहतमा नमुना कलेजले दियो ५ लाख ५ हजार ५५ रुपैयाँ

विराटनगर , भदौ १३ । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि

बाढीपीडितको सहयोगमा एनआरएनए एकजुट हुनुपर्ने अभियन्ताको जोड

काठमाडौं , भदौ १३ । गत बुधबार रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली ९एनआरएन०अभियन्ताहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण