चीनको पटाका कारखानामा विस्फोटमा, २१ जनाको मृत्यु

मध्य चीनको हुनान प्रान्तस्थित एक पटाका उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् ।

सोमबार दिउँसो भएको उक्त घटनापछि पनि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट चाङ्सा सहरअन्तर्गतको औद्योगिक क्षेत्रमा रहेको कारखानामा भएको हो ।

चाइना डेलीका अनुसार उक्त उद्योग लियुयाङ क्षेत्रको प्रमुख आतसबाजी उत्पादन केन्द्रमा पर्ने हुआशेङ आतसबाजी निर्माण तथा प्रदर्शन कम्पनीद्वारा सञ्चालन हुँदै आएको थियो ।

राज्य प्रसारण संस्था चाइना केन्द्रीय टेलिभिजनद्वारा सार्वजनिक गरिएको हवाई दृश्यमा विस्फोटपछि कारखानाका धेरै संरचना ध्वस्त भएका र केही स्थानमा अझै सेतो धुवाँ उठिरहेको देखिएको छ, जसले घटनास्थल अझै पूर्ण रूपमा सुरक्षित नभएको सङ्केत गर्दछ ।

घटनास्थलमा करिब ५०० जना उद्धारकर्मी परिचालन गरिएको छ । विस्फोट नजिकै रहेका दुईवटा उच्च जोखिमयुक्त बारुद भण्डारका कारण थप दुर्घटनाको सम्भावना रहेकाले आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

अहिलेसम्म विस्फोटको ठोस कारण खुलेको छैन । सम्बन्धित निकायहरूले अनुसन्धान सुरु गरिसकेका छन् भने प्रहरीले कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिहरूको खोजी तथा घाइतेहरूको उद्धारमा सम्पूर्ण प्रयास गर्न निर्देशन दिनुभएको छ । उहाँले घटनाको कारण चाँडो पत्ता लगाई जिम्मेवारमाथि कडा कारबाही गर्न र औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाउन पनि आग्रह गरे ।

उद्धारका क्रममा थप जोखिम कम गर्न पानी छर्कने तथा वातावरण चिस्यानयुक्त बनाउने उपाय अपनाइएको छ । कठिन स्थानमा खोजी कार्यलाई सहयोग पु¥याउन तीनवटा स्वचालित यन्त्रसमेत प्रयोगमा ल्याइएको छ ।

लियुयाङ क्षेत्र आतसबाजी उत्पादनको पुरानो केन्द्रका रूपमा चिनिन्छ । गिनिज वल्र्ड रेकड्र्सका अनुसार व्यवस्थित रूपमा अभिलेख गरिएको पहिलो आतसबाजी ताङ राजवंश (६१८–९०७ ईस्वी)का भिक्षु ली टियानसँग सम्बन्धित मानिन्छ, जसले बाँसमा बारुद प्रयोग गरी विस्फोट गराउने विधि विकास गरेका थिए ।

यसअघि पनि फेब्रुअरी महिनामा चन्द्र नयाँ वर्षका बेला चीनमा आतसबाजी पसलहरूमा भएका दुईवटा छुट्टाछुट्टै विस्फोट घटनामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको थियो । पछिल्ला घटनाले यस उद्योगको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाइरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

समयमै वर्षा भएपछि उदयपुरका किसान उत्साहित

उदयपुर,२२ वैशाख । सामान्यतया खडेरी हुने समय चैत र वैशाखमा यस वर्ष निरन्तर वर्षा भएपछि उदयपुरका मकै खेती गर्ने किसानहरू उत्साहित भएका छन्। उपयुक्त समयमा

मोरङमा सार्वजनिक जग्गाको विवादः बस्ती हटाउने कि व्यवस्थापन गर्ने?

विराटनगर,२२ वैशाख । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश कार्कीले हालै सामाजिक सञ्जालमा एउटा गम्भीर विषय उठाउनु भयो– “मोरङ–३ को भूमि

मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख । सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको

सुनसरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सुनसरी,२२ वैशाख। सुनसरीको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  

प्रहरीमाथि आक्रोश पोखेको भिडियो सार्वजनिक भएपछि सांसद राई विवादमा

काठमाडौँ,२२ वैशाख। खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई विवादमा तानिनु भएको छ। सोमबार दिउँसो काभ्रेको रोशी खोलामा आएको बाढीका