सुनसरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सुनसरी,२२ वैशाख। सुनसरीको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा प्रदेश १–०१–००१ ख ४२०३ नम्बरको ट्रकलाई को १९ प ८१२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बिहान ११स्४० बजेतिर दुर्घटना भएको हो।

 

मोरङ ट्राफिक प्रहरी प्रमुखका अनुसार ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिश बुढाथोकीको मृत्यु भएको हो। गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आशिष विक र १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

दुर्घटनालगत्तै प्रहरीले ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय रोशन खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। ट्राफिक नियम उल्लंघन गर्दै तीव्र गतिमा र जथाभावी ओभरटेक गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

समयमै वर्षा भएपछि उदयपुरका किसान उत्साहित

उदयपुर,२२ वैशाख । सामान्यतया खडेरी हुने समय चैत र वैशाखमा यस वर्ष निरन्तर वर्षा भएपछि उदयपुरका मकै खेती गर्ने किसानहरू उत्साहित भएका छन्। उपयुक्त समयमा

मोरङमा सार्वजनिक जग्गाको विवादः बस्ती हटाउने कि व्यवस्थापन गर्ने?

विराटनगर,२२ वैशाख । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश कार्कीले हालै सामाजिक सञ्जालमा एउटा गम्भीर विषय उठाउनु भयो– “मोरङ–३ को भूमि

मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख । सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको

सुनसरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सुनसरी,२२ वैशाख। सुनसरीको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  

प्रहरीमाथि आक्रोश पोखेको भिडियो सार्वजनिक भएपछि सांसद राई विवादमा

काठमाडौँ,२२ वैशाख। खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई विवादमा तानिनु भएको छ। सोमबार दिउँसो काभ्रेको रोशी खोलामा आएको बाढीका