सजल खड्का एनएमबि लघुवित्तको सीईओमा नियुक्त

काठमाडौं,२३ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त हुनु भएको छ ।

कम्पनीले वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत खड्कालाई सोही मितिदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार, नवनियुक्त सीईओ खड्काको कार्यकाल चार वर्षको हुनेछ ।

 

उहाँ वित्तीय तथा बैंकिङ क्षेत्रमा अनुभवसहित संस्थाको नेतृत्व सम्हाल्न आउनु भएको हो । सञ्चालक समितिले संस्थाको सेवा विस्तार, वित्तीय सुदृढीकरण र रणनीतिक विकासलाई थप प्रभावकारी बनाउन नेतृत्व परिवर्तन गरिएको जनाएको छ ।

 

एनएमबि लघुवित्तले ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकलाई लक्षित गर्दै वित्तीय पहुँच विस्तार गर्दै आएको छ । नयाँ नेतृत्वसँगै संस्थाले प्रविधिमैत्री सेवा, ऋण प्रवाह व्यवस्थापन तथा समग्र संस्थागत सुशासनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक

इलाम कारागारमा ४८ लाखको रहस्य! जेलभित्र यत्रो नगद कसरी पुग्यो?

इलम,१ साउन ।  इलाम कारागारमा संयुक्त छापाका क्रममा ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद र २४ हजार भारतीय रुपैयाँ बरामद भएको छ। यो