बिर्तामोडका भूमिहीन सुकुम्बासीहरूको आवास अधिकार रक्षा र डोजर अभियानविरुद्ध आन्दोलन

झापा ,२३ वैशाख ।  बिर्तामोडका सुकुम्बासीहरूले “डोजर आतंक” बन्द गर्न माग गर्दै बुधबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन्। उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट विस्थापित नगर्न र धनीपुर्जा उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

 

आन्दोलनरत सुकुम्बासीहरूले देशभर नै डोजर चलाएर बस्ती हटाउने कार्य बढेको भन्दै नागरिकको आवासको हकमाथि खेलवाड नगर्न चेतावनी दिएका छन्। बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समितिले नगरपालिका क्षेत्रभित्रका घर–टहरा भत्काउने कार्य तत्काल रोक्न, वास्तविक सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन तथा भू–माफियामाथि कारबाही गर्न माग गरेको छ।

 

साथै, डोजर प्रयोगका क्रममा ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग पनि अघि सारिएको छ। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा देवी महतारा प्रसाईंलाई बुझाइएको ज्ञापनपत्रमा सरकारले सञ्चालन गरेको डोजर अभियानले भूमिहीन सुकुम्बासीहरूको मौलिक हक कुण्ठित गरेको उल्लेख गरिएको छ।

 

नेपालको संविधान २०७२ को धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको छ। साथै, सर्वोच्च अदालतले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउन नपाइने निर्देशन दिएको सन्दर्भमा सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय भएको संघर्ष समितिको भनाइ रहेके छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिर्तामोडका भूमिहीन सुकुम्बासीहरूको आवास अधिकार रक्षा र डोजर अभियानविरुद्ध आन्दोलन

झापा ,२३ वैशाख ।  बिर्तामोडका सुकुम्बासीहरूले “डोजर आतंक” बन्द गर्न माग गर्दै बुधबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन्। उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट विस्थापित

कीर्तिपुरमा धारिलो हतियार प्रहारबाट युवक को हत्या

काठमान्डौं,२३ वैशाख । काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा आज दिउँसो एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छ : सभापति थापा

काठमाडौं,२३,वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचिरहेको आरोप लगाएका छन् । बुधबार कांग्रेस संसदीय दलको

स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी नियन्त्रण गर्न सुर्खेतमा सक्रियता

सुर्खेत,२३ वैशाख । वीरेन्द्रनगरमा अत्याधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले तरकारी परिक्षणमा कडाई गरेको छ । दिनहुँ नगरपालिकामा बिषादी प्रयोग गरिएका तरकारी सहजै कर्णालीबासीको

सरकारको कार्यशैलीप्रति घनश्याम भुसालको चिन्ता

काठमाडौं,२३ वैशाख । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नु भएको छ। माइतीघर मण्डलामा

होर्मुज जलमार्गमा इरानको नयाँ नियमः जहाजलाई ट्रान्जिट अनुमति अनिवार्य

तेहरान,२३ वैशाख । इरानले विश्वकै अत्यन्त रणनीतिक जलमार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब