सुँगुर पालनमा क्रान्ति

चीनका ’स्मार्ट फार्म’ मा एआईको प्रयोग

चीन,२४ वैशाख । चीनको मध्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगले सुँगुर पालन व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । हेनान प्रान्तको एक छ तले आधुनिक फार्ममा करिब ८४,००० सेन्सरहरू जडान गरिएका छन्, जसले सुँगुरहरूको स्वास्थ्य र विकासको निरन्तर अनुगमन गर्छन् ।

 

यो प्रविधिले वार्षिक १ लाख पाठाहरूको उत्पादन र करिब २१ लाख सुँगुरहरूलाई बजारका लागि तयार पार्ने लक्ष्य राखेको छ । यस एआई प्रणालीले फार्मभित्रको तापक्रम, आद्र्रता र दानाको मात्रालाई स्वचालित रूपमा नियन्त्रण गर्दछ । स्वास्थ्य समस्याको पहिचान गर्ने र प्रत्येक सुँगुरको वृद्धिदर विश्लेषण गर्ने क्षमता यस प्रणालीमा रहेको छ ।

 

कृषकहरूले मोबाइल एपको माध्यमबाटै फार्मको सम्पूर्ण तथ्याङ्क हेर्न र मेसिनहरूलाई निर्देशन दिन सक्छन । जसले गर्दा परम्परागत खेती प्रणालीको तुलनामा श्रम र समयको ठूलो बचत भएको छ । तथ्याङ्कअनुसार चीनमा हरेक वर्ष ७० करोडभन्दा बढी सुँगुरहरू मासुका लागि खपत हुने गर्छन् । यस्तो विशाल मागलाई पूरा गर्न र उत्पादनको गुणस्तर सुनिश्चित गर्न चीनले पछिल्लो समय स्मार्ट फार्महरूमा जोड दिइरहेको छ । प्रविधिको यो प्रयोगले कृषि क्षेत्रलाई आधुनिक र औद्योगिक रूप दिँदै उत्पादन क्षमतामा उल्लेख्य वृद्धि ल्याएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा