बिचौलिया र ’इन्ट्रेस्ट ग्रुप’को प्रभावबाट समितिलाई मुक्त राख्ने अन्सारीको दाबी

काठमाडौं,२४ वैशाख । प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले समितिको काम गर्ने शैलीलाई विगतभन्दा फरक ढङ्गले अगाडि बढाइने बताउनु भएको छ। उहाँले समितिलाई केवल प्रतिवेदन तयार पारेर मन्त्रालयमा थन्क्याउने संरचनाको रूपमा नभई समस्या समाधान निकाल्ने सक्रिय संयन्त्रका रूपमा विकास गर्ने बताउनु भएको छ् । उहाँले चुनावपछिको आफ्नो राजनीतिक यात्रालाई तीव्र र गतिशील अनुभवका रूपमा चित्रण गर्दै सांसद तथा समिति सभापतिको जिम्मेवारीले आफूलाई राज्य सञ्चालन र नीति निर्माणसँग प्रत्यक्ष रूपमा जोड्ने अवसर दिएको बताउनु भयो ।

 

‘चुनाव एउटा अत्यन्त गतिशील यात्रा हो । चुनावमा मुख्य ध्यान जनतामाझ पुग्ने र मत आफ्नो पक्षमा ल्याउने हुन्छ । तर शपथ ग्रहणपछि हाम्रो भूमिका बदलिन्छ। हामी विधायिकाको जिम्मेवारीमा पुग्छौँ,’ उहाँले भन्नु भयो, ‘अहिले व्यक्तिगतसँगै राजनीतिक विकासलाई राज्यको समग्र विकाससँग जोड्ने अवसर पाएको छु ।’ अन्सारीका अनुसार समितिको प्रारम्भिक चरणमा विभिन्न मन्त्रालयसँग समन्वय, सदस्यहरूबीच अनुभव आदान–प्रदान र समितिको कार्यक्षेत्रबारे अभिमुखीकरणलाई प्राथमिकता दिइएको छ ।

 

उहाँले आफ्नो सभापतित्वमा भएको पहिलो बैठकमा पूर्व सभापतिलाई आमन्त्रण गरेर विगतका अनुभव, चुनौती र समितिले सामना गरेका कठिनाइबारे छलफल गरिएको जानकारी दिनु भयो । ‘समितिका धेरै सदस्य नयाँ हुनुहुन्छ । त्यसैले यो समितिको कार्यक्षेत्र के हो, विगतमा के–कस्ता काम भए, चुनौतीहरू के थिए भन्ने बुझाउन आवश्यक थियो,’ उहाँले भन्नु भयो। दोस्रो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री, सचिव तथा पदाधिकारीसँग मन्त्रालयका योजना, अधिकार र प्रगति विवरणबारे छलफल गरिएको उहाँले बताउनु भयो । त्यस्तै अब हुने बैठकमा श्रम मन्त्रालयसँग पनि यस्तै छलफल गरिने उहाँले जानकारी दिनु भयो ।

चार उपसमिति बनाएर काम गर्ने तयारी

सभापति अन्सारीले समितिको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति, श्रम र उपभोक्ता हित गरी चार उपसमिति बनाउने तयारी भइरहेको बताउनु भयो । उहाँका अनुसार सदस्यहरूको अनुभव, रुचि र विज्ञताका आधारमा जिम्मेवारी बाँडफाँट गरिनेछ । उहाँले भन्नु भयो, ‘सबै काम सभापतिले मात्र गर्न खोज्नु न्यायोचित हुँदैन । समितिमा विभिन्न क्षेत्रको अनुभव र विज्ञता बोकेका सदस्यहरू हुनुहुन्छ । उहाँहरूको क्षमताअनुसार जिम्मेवारी दिनुपर्छ ।’

उहाँले हरेक उपसमितिलाई निश्चित विषयगत जिम्मेवारी दिएर समयसीमा भित्र निष्कर्ष निकाल्ने ढङ्गले काम गरिने बताउनु भयो । ‘विगतमा एउटा विषयमा एक–डेढ वर्षसम्म काम भइरहने अवस्था थियो । अब समयमै टुंगो लगाएर अर्को विषयमा जाने गरी काम गर्छौँ,’ उहाँले भन्नु भयो।

अन्सारीले समितिमा उद्योग, वाणिज्य, श्रम र उपभोक्ता हितसँग सम्बन्धित विषय नछुटून् भन्ने उद्देश्यले ‘विषयगत बैंक’ तयार गरिएको पनि जानकारी दिनु भयो । ‘हामीले चारवटा उपसमितिका लागि १०–१० वटा गरेर ४० वटा विषय तयार गरेका छौँ । माननीय सदस्यहरूलाई थप सुझाव भए राख्न आग्रह गरेका छौँ,’ उहाँले भन्नु भयो।

‘समन्वयको समस्या यसपटक कम हुन्छ’
उहाँले विगतमा समितिले सामना गरेको मुख्य चुनौती समन्वयको अभाव रहेको बताउनु भयो। उहाँका अनुसार पहिले समितिका सभापति, मन्त्री र सरकार फरक–फरक दलका हुँदा निर्णय कार्यान्वयनमा समस्या हुने गरेको थियो ।
उहाँले भन्नु भयो, ‘प्रतिवेदन बन्ने तर मन्त्रालयमा गएर थन्किने अवस्था थियो । यसपटक प्रधानमन्त्री, सम्बन्धित मन्त्री र समितिको नेतृत्व एउटै दलबाट भएकाले समन्वय सहज हुने अपेक्षा गरेका छौँ ।’ यद्यपि उनले समितिलाई एकपक्षीय नबनाइने स्पष्ट पार्नु भयो । अन्य दलका सांसदलाई पनि उपसमितिमा सहभागि गराएर सन्तुलित ढङ्गले काम गरिने उहाँको भनाइ छ ।
‘म कुनै एउटा पार्टीको मात्र सभापति होइन, समितिको सभापति हुँ । समिति भनेको मिनी पार्लियामेन्ट हो र अन्ततः हामी जनताप्रति जवाफदेही छौँ,’ उहाँले भन्नु भयो।

इन्ट्रेस्ट ग्रुपको प्रभावबाट समिति मुक्त हुनुपर्छ
अन्सारीले विगतमा समितिका गतिविधि विभिन्न प्रभावशाली समूह, बिचौलिया र उद्योगी व्यवसायीको प्रभावमा चल्ने गरेको आरोप लगाउनु भयो । उहाँले अब समितिले कुनै व्यक्ति वा समूह विशेषको स्वार्थभन्दा माथि उठेर काम गर्ने बताउनु भयो ।

‘कुनै उद्योगपति भेट्न आउनुहुन्छ भने उहाँको समस्या सुन्ने संयन्त्र हाम्रोमा हुनेछ । तर व्यक्तिगत स्वार्थ नभइ, समग्र उद्योग क्षेत्रका समस्या, नीतिगत कमजोरी र पोलिसी ग्याप के छन् भन्ने हेर्छौँ,’ उहाँले भन्नु भयो।

उहाँले आम नागरिक र श्रमिकसँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखिने पनि स्पष्ट पार्नु भयो।
उहाँले भन्नु भयो, ‘म कुनै अमुक उद्योगपति वा दलको स्वार्थमा काम गर्दिनँ । मेरा लागि आम भुइँमान्छेको समस्या प्राथमिकतामा छ । उद्योगी व्यवसायीलाई काम गर्ने राम्रो वातावरण दिइनेछ, तर राज्यप्रति गैरजिम्मेवार हुनेलाई छुट हुने छैन ।’
‘हामीले भुइँमान्छेलाई सबैभन्दा बढी प्राथमिकतामा राखेका छौँ,’ उहाँले थप भन्नु भयो।

बन्द उद्योग पुनः सञ्चालनमा अध्ययन आवश्यक

सभापति अन्सारीले बन्द उद्योगहरूलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताउनु भयो। उहाँका अनुसार केही उद्योग आजको बजार र प्रविधिसँग मेल नखाने अवस्थामा पुगेका छन् भने केही उद्योग सम्भावना हुँदाहुँदै पनि विभिन्न स्वार्थका कारण बन्द गराइएको अवस्था छ ।

उहाँले भन्नु भयो, ‘बजार, खपत र प्रतिस्पर्धात्मक क्षमता हुँदाहुँदै बन्द भएका उद्योगलाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्नुपर्छ ।’ तर पुरानै शैलीमा उद्योग सञ्चालन गर्न खोजे पुनः असफल हुने चेतावनी पनि उहाँले दिनु भयो ।

‘आज एआई, ग्रीन इनर्जी र टेक्नोलोजी इन्टेन्सिभ उद्योगको समय हो । ४० वर्षअघिको मोडलले अब काम गर्दैन,’ उहाँले भन्नु भयो,

अनुसन्धानमा आधारित नीति निर्माणको तयारी
अन्सारीले उद्योगी व्यवसायीलाई दुःख दिने उद्देश्यले विगतमा नीतिगत लुपहोल राखिएको आरोप पनि लगाउनु भयो । उहाँका अनुसार अब अज्ञानता र नियतवश राखिने कमजोरीलाई ठाउँ नदिइनेछ ।

‘नीतिमा प्वाँल किन हुन्छ ? कहिलेकाहीँ अज्ञानताले हुन्छ, कहिलेकाहीँ जानीजानी राखिन्छ । अब त्यो स्पेस रहँदैन,’ उहाँले भन्नु भयो।
यसपटक संसदीय समितिलाई अनुसन्धानका लागि बजेट उपलब्ध हुनु सकारात्मक अभ्यास भएको उहाँको भनाइ छ।
‘रिसर्चको बजेट हुनु भनेको नीति निर्माणलाई प्रमाण र अध्ययनसँग जोड्ने प्रयास हो,’ उहाँले भन्नु भयो।

उद्योगी र श्रमिकलाई ‘स्पेस’ तर कडाइ
सभापति अन्सारीले उद्योगी, व्यवसायी र श्रमिकलाई काम गर्ने सहज वातावरण बनाइने बताउनु भयो । उहाँले उद्योग क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका लागि नीतिगत सहयोग गरिने तर गैरजिम्मेवार गतिविधि भए कडाइ गरिने चेतावनी पनि दिनु भयो ।

‘हामी उद्योगी व्यवसायी र श्रमिकलाई राम्रो स्पेस दिन्छौँ । उहाँहरूको विकास र संरक्षणका लागि काम गर्छौँ,’ उहाँले भन्नु भयो, ‘तर जिम्मेवारी पूरा नगरे कडाइका साथ अघि बढ्छौँ।’ उहाँले निजी क्षेत्रलाई पनि राज्यप्रति जिम्मेवार भएर अघि बढ्न आग्रह गर्नु भयो। ‘राज्यले निजी क्षेत्रको विकास चाहेको छ। तर उद्योगी व्यवसायीले पनि देश बनाउने अभियानमा जिम्मेवार साझेदारको भूमिका खेल्नुपर्छ,’ उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

 पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा दायर, पोखरा विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड भ्रष्टाचार

काठमाडौं,२४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानूनी रूपमा कर छुट दिएर भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वअर्थमन्त्री

नियम मिच्ने ट्रेकिङ एजेन्सीलाई कारबाही गरिने चेतावनी

काठमाडौं,२४ वैशाख । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः

सरकारी बैंकका सञ्चालकहरूको सामूहिक राजीनामा

काठमाडौं,२४ वैशाख । नेपाल सरकारको तर्फबाट विभिन्न सरकारी बैंकहरूमा प्रतिनिधित्व गरिरहेका अध्यक्ष तथा सञ्चालकहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। सरकारलाई नयाँ नियुक्ति र कार्यसम्पादनमा

घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति मन्त्रीको चिन्ता

काठमाडौं,२४ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना

नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौं,२४ वैशाख । नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक