सडक विस्तारमा विभेद भएको भन्दै वीरगन्जवासी आन्दोलित

वीरगन्ज,२४ वैशाख । वीरगन्जमा भइरहेको सडक विस्तारको विरोधमा विहीबार स्थानीयले प्रदर्शन गरेका छन् । सहरको मध्यभाग भएर गएको त्रिभुवन राजपथमा भइरहेको २५–२५ मिटर सडक विस्तारको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा संघर्ष समितिको संयुक्त आयोजनामा स्थानीयले वीरगन्जको घण्टाघरदेखि आदर्शनगर चोकसम्म बिहान ९ बजेदेखि १०ः३० बजेसम्म मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी वीरगन्ज महानगरपालिकाका प्रथम नगरप्रमुख (मेयर) बिजय कुमार सरावगीले सडक विस्तारमा वीरगन्जवासी माथि विभेद गरिएको आरोप लगाउनु भयो । उहाँले त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडामा २५ गज सडक विस्तार गरिएको भए पनि वीरगन्जमा २५ मिटर विस्तार गरेर सरकारले स्थानीय माथि अन्याय गरेको बताउनु भयो ।
सडक विस्तार कुन र कहिलेको नक्साका आधारमा गरिएको हो भन्ने विषय स्पष्ट नगरी प्रशासनले आफूखुसी रेखांकन गरिरहेको सरावगीले आरोप लगाउनु भयो ।उहाँले त्रिभुवन राजपथको नक्साका आधारमा २५ गज सडक विस्तार हुनुपर्नेमा वीरगन्जवासी माथि अन्याय गर्दै हचुवाका भरमा सडक विस्तार भइरहेको बताउनु भयो ।

विरोध प्रदर्शनमा सहभागी वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले वीरगन्जको घण्टाघर चोकदेखि माइस्थानसम्मको क्षेत्रमा गरिएको सडक रेखांकन अस्पष्ट र विभेदकारी रहेको आरोप लगाउनु भयो । उहाँले कुन नक्सा र सडकको मध्यभागलाई आधार मानिएको हो भन्ने स्पष्ट नगरी घर भत्काउने काम भइरहेको दाबी गर्नु भयो । प्रदर्शनमा स्थानीय वृद्धदेखि बालबालिका, युवा तथा महिलाको उल्लेख्य सहभागिता रहेको थियो । वीरगन्जमा भइरहेको सडक विस्तारका कारण ७ सयभन्दा बढी व्यक्ति घरवारविहीन हुने अवस्था रहेको बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

 पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा दायर, पोखरा विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड भ्रष्टाचार

काठमाडौं,२४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानूनी रूपमा कर छुट दिएर भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वअर्थमन्त्री

नियम मिच्ने ट्रेकिङ एजेन्सीलाई कारबाही गरिने चेतावनी

काठमाडौं,२४ वैशाख । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः

सरकारी बैंकका सञ्चालकहरूको सामूहिक राजीनामा

काठमाडौं,२४ वैशाख । नेपाल सरकारको तर्फबाट विभिन्न सरकारी बैंकहरूमा प्रतिनिधित्व गरिरहेका अध्यक्ष तथा सञ्चालकहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। सरकारलाई नयाँ नियुक्ति र कार्यसम्पादनमा

घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति मन्त्रीको चिन्ता

काठमाडौं,२४ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना

नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौं,२४ वैशाख । नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक