नियम मिच्ने ट्रेकिङ एजेन्सीलाई कारबाही गरिने चेतावनी

काठमाडौं,२४ वैशाख । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः स्पष्ट गरेको छ । विभागले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ट्रेकिङ अनुमति प्रक्रियालाई झन्झट रहित, छिटो, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउन सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको जनाएको हो । विभागका अनुसार अब विदेशी नागरिकले नेपालको स्वीकृत भिसा नम्बर मात्र नभई भिसा आवेदन नम्बरको आधारमा समेत पदयात्रा अनुमतिको आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । साथै, एक जना पदयात्रीलाई पनि अनुमति दिने प्रावधान लागू गरिएको छ ।

 

‘पदयात्रामा जाने विदेशी नागरिकले नेपालको स्वीकृत भिसा नम्बर राख्नुपर्ने प्रणालीलाई पुनरावलोकन गरी भिसा आवेदन नम्बरको आधारमा पनि पदयात्रा अनुमतिको लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । साथै, एक जना पदयात्रीलाई पनि पदयात्रा अनुमति प्रदान गरिँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । विभागले सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भइसकेको अवस्थामा पनि पदयात्रा अनुमतिको लागि विभागमा आवेदन आउने क्रम जारी रहेको जनाएको छ ।

 

विभागका अनुसार सम्बन्धित ट्रेकिङ एजेन्सी तथा पदयात्रामा जान चाहने पर्यटकहरूको सहजतालाई ध्यानमा राख्दै निषेधित क्षेत्रमा पदयात्रा अनुमति प्रदान गर्ने कार्यलाई थप सरल, अनुमानयोग्य र छरितो बनाउन विभागले नयाँ व्यवस्था लागू गरेको हो । विभागले संस्थागत सुशासन कायम गर्ने उद्देश्यसहित शनिबार बाहेकका सार्वजनिक बिदाको दिनमा पनि पदयात्रा अनुमति सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । मिति २०८३ वैशाख २३ गते गरिएको निर्णयअनुसार अब शनिबार बाहेकका सार्वजनिक बिदामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा सेवा उपलब्ध हुनेछ ।

 

विभागले पदयात्रा अनुमति सम्बन्धी सम्पूर्ण कार्य अनलाइन माध्यमबाट हुने भएकाले सेवाग्राही स्वयं कार्यालय उपस्थित हुन नपर्ने स्पष्ट पारेको छ । आवश्यक कागजात वा प्राविधिक समस्या परेमा सहजीकरणका लागि कार्यालय समयभित्र सम्पर्क गर्न सकिने जनाइएको छ । यसैबीच, केही ट्रेकिङ एजेन्सीहरूले अनुमति नलिई विदेशी पर्यटकलाई पदयात्रामा लैजाने, रेस्क्युको बहानामा कर्मचारीमाथि दबाब दिने तथा स्थानीय प्रशासनले पहिचान गरेपछि मात्र अनुमति आवेदन दिने गरेको पाइएको विभागले जनाएको छ । यस्तो कार्यले निर्दोष पर्यटक समेत कारबाहीमा पर्न सक्ने र नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्ने विभागको भनाइ छ ।

अध्यागमन विभागले सबै ट्रेकिङ एजेन्सीलाई अनुमति लिएर मात्र विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान पुनः आग्रह गर्दै आगामी दिनमा गैरकानुनी गतिविधि गरेको पाइएमा विद्यमान अध्यागमन कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

 पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा दायर, पोखरा विमानस्थल निर्माणमा ३ अर्ब ६२ करोड भ्रष्टाचार

काठमाडौं,२४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानूनी रूपमा कर छुट दिएर भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वअर्थमन्त्री

नियम मिच्ने ट्रेकिङ एजेन्सीलाई कारबाही गरिने चेतावनी

काठमाडौं,२४ वैशाख । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः

सरकारी बैंकका सञ्चालकहरूको सामूहिक राजीनामा

काठमाडौं,२४ वैशाख । नेपाल सरकारको तर्फबाट विभिन्न सरकारी बैंकहरूमा प्रतिनिधित्व गरिरहेका अध्यक्ष तथा सञ्चालकहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। सरकारलाई नयाँ नियुक्ति र कार्यसम्पादनमा

घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति मन्त्रीको चिन्ता

काठमाडौं,२४ वैशाख । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना

नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौं,२४ वैशाख । नेपालमा पहिलो पटक टियर आइभी हाइपर स्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी बिचुटेनडाटा भल्ट प्रालिले देशको

सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन सुरु

काठमाडौं,२४ वैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिँदै छ । बिहीबार अर्थ समितिको सभाकक्षमा संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक