एकीकृत योजनामा जोड

कर्णाली सरकार र विकास साझेदार बीच समन्वय बैठक

सुर्खेत,२५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आवश्यकता र सरकारको योजनामा सहयोग पुग्नेगरी कार्यक्रम बनाउन बिकास साझेदारलाई आग्रह गर्नु भएको छ । प्रदेश सरकार आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटिरहेका बेला मुख्यमन्त्री कँडेलले सरकारको प्राथमिकता अनुसार परियोजना सञ्चालन गर्न आग्रह गर्नु भएको छ । बिकास साझेदारसंगको समन्वय बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अभाव लगायतका क्षेत्रमा काम गर्न सुझाव दिनु भएको छ ।

 

कर्णालीको अवस्थामा सुधार ल्याउनेगरी सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार प्रतिफल दिने गरी परियोजना सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गर्नु भयो । ‘परियोजनामा दोहोरपन नगरी नमूनायोग्य काम गरौं’ उहाँले भन्नु भयो, ‘धेरै योजना बनाएर अलपत्र पार्ने तथा प्रतिफल नदेखिने योजना हामी कसैले नबनाऔं ।’ बिकास साझेदारहरुसंग सरकारले सहकार्य गरी काम गर्ने वातावरणका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमनत्रीले बताउनु भयो । कर्णालीमा सञ्चालित परियोजनाले कर्णालीको सूचकांकहरु बदल्नु पर्नेमा मुख्यमन्त्रीको जोड छ । ‘बिकास साँझेदारहरुले कर्णालीको बिकास सुचकांकमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्छ’ उहाँले भन्नु भयो, ‘बजेट छर्ने र योजनामा दोहोरोपन हुँदा नतिजा देखिँदैन ।’

 

प्रदेशको आवश्यकता र प्रदेश सरकारको योजनालाई बल पुग्ने गरी सहयोग गर्न मन्त्रीमनत्रीले बिकास साझेदारलाई आग्रह गर्नु भयो। कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीमा कार्यरत विकास साझेदार संस्थाले प्रदेश सरकारसँग समन्वय गरेर एकीकृत योजना बनाउनुपर्ने आवश्यकता औल्याउनु भयो । ‘दुई दर्जनभन्दा बढी विकास साझेदारले कर्णालीको विभिन्न क्षेत्रमा काम गरिरहनु भएको छ’ उनले भने, ‘कार्यक्रम अनुसार कर्णालीको अवस्थामा पनि सुधार देखिनु पर्छ ।’

 

विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, विश्व खाद्य कार्यक्रम, जिआइजेड, हेल्भेटास, युनिसेफ, युएनडिपी, युएन वुमन, युएनएफपिए, वल्र्ड भिजन नेपाल, प्लान नेपाल, सुस्वा, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम, आइएनफ नेपाल, केयर नेपाललगायतका विकास साझेदार संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कर्णालीमा काम गर्दा आइपरेका चुनौतीका बिषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । यस अघि मुख्यमन्त्रीले कर्णालीका स्थानीय सरकार प्रमूखहरुसंग पनि छलफल गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता