विश्व रेडक्रस दिवश

’रक्तदान नै जीवनको मुख्य आधार’

काठमाडौं,२५ वैशाख । हरेक वर्ष मे ८ तारिखका दिन विश्वभर विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइने गरिन्छ । मानव सेवा, सहयोग, करुणा र जीवन रक्षाको भावना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । यही दिनलाई विश्व थालेसेमिया दिवसका रूपमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यस अवसरमा रगतको महत्त्व, रक्तदानको आवश्यकता तथा रगत सम्बन्धी रोगबारे जनचेतना फैलाइने गरिन्छ ।

 

साथै लामो समयसम्म नियमित रगत चढाउनुपर्ने बिरामीहरूको हौसला बढाउने, उनीहरूको आत्मसम्मानको कदर गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने काम पनि गरिन्छ। मानव शरीरमा रगतको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । शरीरभित्र रगतको सञ्चार बिना कुनैपनि जीवित प्राणीको जीवन सम्भव हुँदैन । दुर्घटना, क्यान्सर, प्रसूति अवस्था, शल्यक्रिया तथा विभिन्न रगत सम्बन्धी रोगका कारण हजारौँ बिरामीहरू दैनिक रगतको आवश्यकता लिएर अस्पताल पुगिरहेका हुन्छन्। कतिपय बिरामीहरूका लागि रगत नै जीवन बचाउने अन्तिम आधार बन्ने गरेको छ। यस्तो अवस्थामा स्वस्थ व्यक्तिहरूले गर्ने रक्तदानले अरूको जीवन बचाउन ठुलो योगदान पु¥याउने गर्दछ ।

 

नेपालमा पनि पछिल्लो समय रक्तदान सम्बन्धी जनचेतना बढ्दै गएको देखिएपनि अझै धेरै ठाउँमा रगत अभावको समस्या देखिने गरेको छ । विशेष गरी आपत्कालीन अवस्था, जटिल शल्यक्रिया तथा लामो समयदेखि उपचार गराइरहेका बिरामीहरूलाई आवश्यक समयमा रगत नपाउँदा समस्या हुने गरेको चिकित्सकहरू बताउँछन्। यसैले पनि रक्तदानलाई केवल सामाजिक कार्य नभई मानव जीवन बचाउने अभियानका रूपमा हेरिन थालेको छ । विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै क्यान्सर रोग विशेषज्ञ डा.समीम अख्तरले रगतको महत्त्व, रक्तदानको आवश्यकता तथा रगत सम्बन्धी रोगबारे विस्तृत धारणा राख्नु भयो । उहाँले मानव जीवन बचाउन रक्तदान सबैभन्दा ठुलो सामाजिक सेवामध्ये एक भएको बताउनु भयो।

 

डा.अख्तरले भन्नु भयो, ‘मानव शरीरमा रगतको सञ्चार बिना जीवन सम्भव हुँदैन । रगत नै जीवनको मुख्य आधार हो । दुर्घटना, क्यान्सर, प्रसूति अवस्था, शल्यक्रिया तथा विभिन्न रगत सम्बन्धी रोगका बिरामीहरूलाई समय समयमा रगत आवश्यक पर्छ । यदि समयमा रगत उपलब्ध भएन भने बिरामीको अवस्था गम्भीर बन्न सक्छ । त्यसैले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्छ ।’ उहाँका अनुसार विशेषगरी थालेसेमिया, ब्लड क्यान्सर तथा अन्य रगतसम्बन्धी रोगबाट पीडित बिरामीहरूले लामो समयसम्म नियमित रक्तसञ्चार गराइरहनुपर्ने हुन्छ । यस्ता बिरामीहरू केवल औषधिमा मात्र नभई समाजको साथ, सहयोग र सकारात्मक व्यवहारमा पनि निर्भर रहने उहाँले बताउनु भयो ।

 

डा.अख्तरले भन्नु भयो, ‘धेरै बिरामीहरू महिनौँसम्म अस्पताल धाउन बाध्य हुन्छन् । कतिपय बालबालिकाले सानो उमेरदेखि नै नियमित रगत चढाइरहेका हुन्छन्। यस्ता बिरामीलाई उपचारसँगै समाजको माया, आत्मीयता र हौसला पनि आवश्यक पर्छ । हामीले उनीहरूलाई कमजोर होइन, साहसी व्यक्तिको रूपमा हेर्नुपर्छ ।’ उहाँले अहिले पनि समाजमा रगत सम्बन्धी रोगबारे पर्याप्त जानकारीको अभाव रहेको बताउनु भयो । धेरै मानिसहरू रोग लुकाउने, परीक्षण नगर्ने वा ढिलो गरी अस्पताल जाने प्रवृत्तिका कारण समस्या झन् जटिल बन्ने गरेको उहाँको भनाइ छ ।

‘रोग लुकाएर समस्या समाधान हुँदैन,’उहाँले भन्नु भयो, ‘समयमै परीक्षण गरेर रोग पत्ता लगाउन सके उपचार सहज हुन्छ । अहिले पनि धेरै मानिसहरू जानकारीको कमीका कारण उपचारबाट वञ्चित भइरहेका छन् । त्यसैले जनचेतना फैलाउनु अत्यन्त आवश्यक छ ।’ यस वर्षको विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवसको मुख्य सन्देश ‘कुनै बिरामी लुकेको नहोस्, रोग पत्ता नलागेकालाई खोजेर उपचारमा ल्याऔँ’रहेको उल्लेख गर्दै उहाँले समाजका सबै वर्गलाई मानवताको भावनासहित सहयोग गर्न आग्रह गर्नु भएको छ।

डा.अख्तरले रक्तदानलाई केवल सामाजिक कार्य नभई मानव जीवन बचाउने महान अभियानको रूपमा लिनुपर्ने बताउनु भएको छ। ‘रक्तदान गर्नु भनेको कसैको जीवनमा नयाँ आशा दिनु हो,’ उहाँले भन्नु भयोे, ‘हामीले दिएको थोरै समय र थोरै रगतले कसैको पूरा जीवन बच्न सक्छ ।’ उहाँले युवापुस्तालाई विशेषगरी नियमित रक्तदान अभियानमा सहभागी हुन आग्रह गर्नु भएको छ । अहिले युवाहरूमा सामाजिक सेवाप्रतिको आकर्षण बढ्दै गएको भन्दै उहाँले यसलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा राख्नु भयो । ‘युवाहरू समाज परिवर्तनका मुख्य शक्ति हुन्,’ उहाँले भन्नु भयो, ‘यदि युवाहरूले नियमित रक्तदान गर्ने बानी बसाल्ने हो भने देशमा रगत अभावको समस्या धेरै हदसम्म समाधान हुन सक्छ ।’
डा.अख्तरले क्यान्सर तथा रगतसम्बन्धी रोगबाट पीडित बिरामीहरूको उपचारमा परिवारको भूमिका पनि महत्त्वपूर्ण हुने बताउनु भयो । उहाँका अनुसार बिरामीलाई औषधि मात्र पर्याप्त हुँदैन, मानसिक रूपमा बलियो बनाउन परिवार र समाजको सकारात्मक साथ आवश्यक पर्छ ।

उहाँले भन्नु भयोे, ‘धेरै बिरामीहरू रोगभन्दा पनि डर, तनाव र एक्लोपनसँग लडिरहेका हुन्छन् । यस्तो अवस्थामा परिवार, साथीभाइ र समाजले दिने हौसला उनीहरूका लागि ठुलो शक्ति बन्न सक्छ ।’
विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवसले मानवता, सहयोग, सहकार्य र जीवन रक्षाको सन्देश दिने भएकाले यसको महत्त्व वर्षेनी बढ्दै गएको छ । विभिन्न देशमा रक्तदान कार्यक्रम, सचेतनामूलक र्याली, स्वास्थ्य शिविर तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न संघसंस्था तथा स्वास्थ्य संस्थाहरूले रक्तदान कार्यक्रम र जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् ।

डा.समीम अख्तरले सम्पूर्ण नागरिकलाई रक्तदानप्रति सकारात्मक सोच बनाउन आग्रह गर्दै प्रत्येक स्वस्थ व्यक्तिले वर्षमा कम्तीमा एक पटक रक्तदान गर्नुपर्ने बताउनु भयो।
‘हामी सबै मानव हौँ,’उहाँले भन्नु भयो, ‘मानव जीवनको रक्षा गर्नु हाम्रो कर्तव्य हो । यदि हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ भने त्योभन्दा ठूलो पुण्य अरू केही हुन सक्दैन ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा