विना अनुमति यार्सागुम्बा टिप्न गएका २५ जना नियन्त्रणमा

मुगु,२५ वैशाख । हिमाली जिल्ला मुगुको पूर्व भेगमा पर्ने मुग मकामारोङग गाउँपालिकामा पाहिने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्नकोलागि लुकीछिपी गएका २५ जना मानिसहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

लुकीछिपी मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा टिप्न जाने क्रममा २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

बिहीबार जिल्लाको पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रहरीका अनुसार ‘विना अनुमति पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरेको र यस अघ पनीे पटक पटक जिल्ला प्रहरी कार्यालय मुगु र सम्बन्धित प्रहरी चौकीहरूको समन्वयमा ठुलो संख्यामा गएका व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित स्थानमा पठाई सकेको छे ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको पनि प्रहरीले जानकारी दीएको छ ।

यार्सागुम्बा संकलनको लागि मुगुमा कार्मारोङ्ग गाउँपालिकाले हाल सम्म कुनै पनि आधिकारिक रूपमा सूचना प्रकाशित गरेको छैन । विगत वर्षहरूमा यार्सागुम्बा संकलनको लागि विभिन्न छिमेकि जिल्लाबाट अनाधिकृत रूपमा लुकीछिपी वन प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरी सम्झाई बुझाई गरेर सम्बन्धित गाउँ घरमा फर्काउने गरिँदै आएको थियो तर यो चोटि पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर बयान लिएर हाजिरी जमानी गरेर छोडिने छ ।

यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा कुनै जानकारी गरिएको छैन । मुगुमा कार्मारोङ्ग गाउँपालिकाले एक सूचना जारी गर्दै यार्सा संकलनमा यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागि पाटनतिर प्रवेश नगर्न आग्रह भने गरिसकेको छ ।

मुगु जिल्लाका २ दर्जन बढी वन तथा पाटन क्षेत्रहरूमा पाइने बहुमूल्य, बहु उपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालिकोट, अछामसहित देशभर तथा भारतबाट समेत सङ्कलक र खरिदकर्ताहरू पाटन मै पुग्ने गर्दछन् ।
यार्सागुम्बा दुर्गमका जनताहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सा विक्रीबाटै जुटाउने गर्दछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली चिया निर्यात ठप्प,तनावमा नेपालका चिया उद्योगीहरू

भारतले नेपालबाट निर्यात हुने तयारी चियामा नयाँ कानुनी प्रावधान लागू गरेपछि एक सातायता नेपाली चियाको भारत निर्यात ठप्प भएको छ। भारतीय चिया बोर्डले मे १

निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडरमा क्रिकेटर लोकेश बम नियुक्त

कैलाली,२५ वैशाख । कैलालीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय तथा घरेलु क्रिकेट संरचनामा

रौतहटमा खेलौना पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने युवक पक्राउ

रौतहट,२५ वैशाख । रौतहटको सदरमुकाम गौरमा नक्कली पेस्तोल (खेलौना) देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, २५ वैशाख । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित

विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं,२५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम

कोशी सरकारलाई राष्ट्रिय अपाङ्ग महासंघको ३७ बुँदे ज्ञापनपत्र

विराटनगर,२५ वैशाख।राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३÷०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न प्रदेश सरकारसँग माग गरेको छ। महासंघले मुख्यमन्त्री