नेपाली कम्युनिस्ट पार्टी भित्रको संगठनात्मक संकट र नेतृत्व हस्तान्तरणको दबाब

काठमान्डौं,२५ वैशाख। नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेपनि चुनावअघि २२ भन्दा बढी दल मिलेर बनेको नेकपाको संगठन भने  यति बेला लथालिंग छ। चुनावअघि नै २४९९ लाई केन्द्रीय सदस्य बनाए पनि ती सबैको तथ्यांक नेकपासँग छैन। एकपटक शपथ खाएपछि तितरबितर बनेका केन्द्रीय सदस्यहरू कतिजना पार्टीमा छन् निश्चित छैन। नेकपा नेताहरूका अनुसार पार्टीले समेत केन्द्रीय सदस्यहरूको नाम समेट्न सकेको छैन।

 

नेकपाले मंसिर ११ गतेदेखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेपनि चुनावअघि २२ भन्दा बढी दल मिलेर बनेको नेकपाको संगठन भने  यति बेला लथालिंग छ। चुनावअघि नै २४९९ लाई केन्द्रीय सदस्य बनाए पनि ती सबैको तथ्यांक नेकपासँग छैन। एकपटक शपथ खाएपछि तितरबितर बनेका केन्द्रीय सदस्यहरू कतिजना पार्टीमा छन् निश्चित छैन। नेकपा नेताहरूका अनुसार पार्टीले समेत केन्द्रीय सदस्यहरूको नाम समेट्न सकेको छैन।

 

नेकपामा नेतृत्वबाट पुराना नेताहरूले छाड्नुपर्ने दबाब पनि बढिरहेको छ। ४५ सदस्य संयोजन समितिमा रन्जिता श्रेष्ठबाहेक सबै ५० माथिका छन्। नेतृत्वमा भने  ४० वर्षमुनिका युवा आउनुपर्नेमा चौर्तर्फी माग बढेको छ।

नेकपा नेता रन्जित तामाङ पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणको समय आएको बताउँनु हुन्छ। उहाँ सहितका नेताहरूले पार्टीमा युवाको वर्चस्व कायम गर्दै समयबद्ध बन्न अनुरोध गरेका छन्।

नकेपाका युवा नेताहरूले नेतृत्व हस्तान्तरणका लागि दबाबमूलक अभियान अघि सारेका छन्। नेकपा केन्द्रीय सदस्य डीपी ढकाल, रामदीप आचार्य, फुर्वा तामाङसहितका नेताहरूले अहिले अभियान चलाएका हुन्। ‘अब नेतृत्व नयाँ तरिकाले आउनुपर्छ। यथास्थितिमा नेतृत्व फेरेर अघि बढ्नु नेकपा बच्नु हो,’ अभियानका एक अगुवा भन्छन्, ‘नेतृत्वमा नयाँ पन नल्याउने हो भने पार्टी अझै सकिन्छ।’

नेकपाले गत आमनिर्वाचनमा अपेक्षाकृत मत नल्याएपछि युवापंक्ति असन्तुष्ट छ। पहिलो शक्ति बन्ने दाबी गर्दै चुनावमा गएको नेकपाले १७ सिट जितेको छ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली चिया निर्यात ठप्प,तनावमा नेपालका चिया उद्योगीहरू

भारतले नेपालबाट निर्यात हुने तयारी चियामा नयाँ कानुनी प्रावधान लागू गरेपछि एक सातायता नेपाली चियाको भारत निर्यात ठप्प भएको छ। भारतीय चिया बोर्डले मे १

निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडरमा क्रिकेटर लोकेश बम नियुक्त

कैलाली,२५ वैशाख । कैलालीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय तथा घरेलु क्रिकेट संरचनामा

रौतहटमा खेलौना पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने युवक पक्राउ

रौतहट,२५ वैशाख । रौतहटको सदरमुकाम गौरमा नक्कली पेस्तोल (खेलौना) देखाएर सर्वसाधारणलाई त्रसित बनाउँदै लुटपाटको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, २५ वैशाख । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित

विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं,२५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम

कोशी सरकारलाई राष्ट्रिय अपाङ्ग महासंघको ३७ बुँदे ज्ञापनपत्र

विराटनगर,२५ वैशाख।राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३÷०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न प्रदेश सरकारसँग माग गरेको छ। महासंघले मुख्यमन्त्री