विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं,२५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताउनु भएको छ । शुक्रबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित ‘राष्ट्रिय मनसुन फोरम २०२६’ लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मनसुन फोरम केवल मौसमी पूर्वानुमान प्रस्तुत गर्ने औपचारिक मञ्च मात्र नभई विज्ञान, विकास कार्यक्रम कार्यान्वयन तथा विपद् पूर्व तयारीलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण संगम भएको बताउनुभयो ।

उहाँले पछिल्लो समयमा मौसम पूर्वानुमान सेवाको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान नीति–२०८१ ले अघि सारेको ‘सबैका लागि समयमै गुणस्तरीय र विश्वसनीय जल, मौसम तथा जलवायु सेवा’ भन्ने लक्ष्य प्राप्तिका लागि अझ धेरै काम गर्नुपर्ने अवस्था रहेको औंल्याउनुभयो ।
मन्त्री श्रेष्ठका अनुसार जल तथा मौसम सेवाको गुणस्तर सुधार गर्न अवलोकन केन्द्रहरूको राष्ट्रिय सञ्जाल विस्तार, दिगो व्यवस्थापन, अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा आधुनिक प्रविधिको प्रयोगमार्फत स्थान विशेषको पूर्वानुमान प्रणाली विकास गर्न आवश्यक छ । उहाँले मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई नवप्रवद्र्धनयुक्त प्रविधिसँग जोडेर एसएमएस, डिजिटल प्लेटफर्म तथा उपलब्ध सबै सञ्चार माध्यममार्फत जनस्तरसम्म पु¥याउनुपर्नेमा आवश्यकतालाई जोड दिनुभयो ।
त्यस्तै मन्त्री श्रेष्ठले जल तथा मौसमसम्बन्धी सूचनाले विपद् जोखिम न्यूनीकरण मात्र नभई पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रलाई पनि प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । पूर्वानुमान प्रणालीले यातायात तथा पूर्वाधार निर्माण, स्वास्थ्य सेवा व्यवस्थापन, कृषि उत्पादन तथा सिँचाइ व्यवस्थापनमा समेत महत्वपूर्ण योगदान दिने उहाँको भनाइ थियो ।
मन्त्री श्रेष्ठले वर्षा र नदी प्रवाहको पूर्वानुमानले जलाशय व्यवस्थापन र विद्युत उत्पादन योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उल्लेख गर्दै मनसुन आँकलनले विपद्का लागि मनसुन पूर्वतयारी कार्य योजनालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पछिल्ला वर्षहरूमा एसएमएस र बुलेटिनमार्फत सञ्चालन गरिएको बाढी पूर्वसूचना प्रणालीले लाखौं नागरिकलाई समयमै सतर्क गराई जनधनको क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याएको स्मरण गर्दै आगामी दिनमा जल तथा मौसम सूचना प्रणालीको प्राविधिक र जनशक्तिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव सरिता दवाडी, तथा विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले १६औं योजनाले चारवटै ऋतुको मौसम पूर्वानुमान गर्ने लक्ष्य लिएको स्मरण गराउँदै जल तथा मौसम सूचना प्रणालीलाई थप प्रविधिमैत्री, आधुनिक र विश्वसनीय बनाउने दिशामा सरकार अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा विभागले यस वर्ष औसतभन्दा कम मनसुन र औसतभन्दा बढी सुख्खा हुने सम्भावना रहेको प्रारम्भिक आँकलन सार्वजनिक गरेको छ । विभागका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्म देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, अधिकतम र न्यूनतम तापक्रम देशभर औसतभन्दा बढी रहने सम्भावना औंल्याइएको छ । विभागले विशेषगरी कर्णाली प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी क्षेत्र तथा कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा