नेपाली चिया निर्यात ठप्प,तनावमा नेपालका चिया उद्योगीहरू

भारतले नेपालबाट निर्यात हुने तयारी चियामा नयाँ कानुनी प्रावधान लागू गरेपछि एक सातायता नेपाली चियाको भारत निर्यात ठप्प भएको छ।

भारतीय चिया बोर्डले मे १ देखि हरेक गाडीमा लोड भएको चियाको छुट्टाछुट्टै नमूना परीक्षण अनिवार्य गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाकामा चिया बोकेका गाडी रोकिएका छन्। यसअघि एउटा नमूना परीक्षणपछि तीन महिना वा २० गाडीसम्म निर्यात गर्न पाइन्थ्यो।

नयाँ नियमअनुसार नमूना परीक्षणका लागि कोलकाता पठाउनुपर्ने भएकाले रिपोर्ट आउन कम्तीमा एकदेखि दुई साता लाग्ने उद्योगीहरूको भनाइ छ। यसले लागत, ढुवानी जोखिम र उत्पादन बिग्रने सम्भावना बढेको भन्दै उद्योगीहरूले नयाँ चिया पठाउन रोकेका छन्।

नेपालका चिया उद्योगीहरूले भारतीय बजार गुम्ने खतरा बढेको बताएका छन्। उनीहरूका अनुसार दार्जिलिङ चियासँग प्रतिस्पर्धा बढेकाले नेपाली चियामाथि पटक–पटक अवरोध सिर्जना हुँदै आएको छ।

सरकारी अधिकारीहरूले भने भारतले यो प्रावधानबारे अघिल्लो महिनादेखि जानकारी दिएको बताएका छन्।

नेपालबाट उत्पादन हुने सिटिसी चियाको आधाभन्दा बढी र अर्थोडक्स चियाको करिब ९० प्रतिशत भारत निर्यात हुने भएकाले उद्योगीहरूले तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही