निसर्ग हस्पिटलको ब्रान्ड एम्बासडरमा क्रिकेटर लोकेश बम नियुक्त

कैलाली,२५ वैशाख । कैलालीस्थित निसर्ग हस्पिटलले नेपाली क्रिकेटका प्रतिभाशाली खेलाडी लोकेश बमलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय तथा घरेलु क्रिकेट संरचनामा आफ्नो आक्रामक ब्याटिङ शैली र स्थिर प्रदर्शनका कारण चर्चामा रहेका बमको संलग्नताले अस्पतालको सामाजिक तथा स्वास्थ्य अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ ।

 

लोकेश बम नेपाली क्रिकेटमा पछिल्लो समय उदाउँदै गरेका प्रतिभाशाली खेलाडीमध्ये एक हुन्। घरेलु प्रतियोगितादेखि लिएर राष्ट्रिय टोलीको छनोट प्रक्रियासम्म आफ्नो उपस्थिति जनाउँदै आएका बमले खेलमैदानमा देखाएको आत्मविश्वास, अनुशासन र आक्रामक खेल शैलीका कारण क्रिकेटप्रेमी बीच छुट्टै पहिचान बनाएका छन्। युवा पुस्तामा लोकप्रिय रहेका उनी भविष्यका सम्भावित राष्ट्रिय स्तम्भका रूपमा पनि हेरिन्छन्।

 

निसर्ग हस्पिटलले लामो समयदेखि विपन्न तथा असहाय बिरामीहरूका लागि निःशुल्क तथा विशेष छुट सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले निरन्तर रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

त्यसैगरी, गौशाला सहयोग, अनाथ बालबालिकाका लागि शिक्षा तथा आर्थिक सहायता, साथै स्वास्थ्य र शिक्षासँग सम्बन्धित संघ–संस्थाहरूसँग सहकार्य गर्दै अस्पतालले मानविय सेवाका विभिन्न कार्यक्रमलाई अघि बढाइरहेको छ।

ब्रान्ड एम्बासडरमा नियुक्त भएका लोकेश बमको संलग्नताले विशेषगरी युवा पुस्तामा स्वास्थ्य सचेतना फैलाउने, खेलकुद र स्वस्थ जीवनशैलीबीचको सम्बन्धलाई जोड्ने तथा अस्पतालका सामाजिक कार्यक्रमलाई राष्ट्रिय स्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

 

निसर्ग हस्पिटलले आगामी दिनमा पनि स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानव सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता