आधार शिविरमा अनधिकृत इन्टरनेट प्रयोग बढेपछि प्राधिकरणले थाल्यो अनुगमन

काठमाडौं,२६ वैशाख । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ । आधार शिविरमा पुग्ने स्वदेशी र विदेशी नागरिकले ताररहित इन्टरनेट सेवा २४ सै घण्टा चलाउन पाउँछन् । यतिबेला सगरमाथा आरोहणको सिजन भएकाले सो क्षेत्रमा पुगेका सबैले ताररहित इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । आधार शिविरिमा पुगेकाले चलाउने इन्टनरेट अत्याधिक मंहगो भएको एक्सपिटिसन कम्पनीका प्रतिनिधिहरुको समेत गुनासो छ । तर सेवा प्रदायक कम्पनीहरुले आधार शिविरमा सेवा दिन गाह्रो हुने भएको र सेवाग्राही पनि सिजनल हुने भएकाले मंहगो पर्ने गरेको बताउँछन् ।

आधार शिविरसम्म एभरेस्ट लिङ्क र एयर लिंक जस्ता नेपाली प्रदायकहरूको सेवा उपलब्ध छ । ५१ सय मिटरसम्म एनटीसी र एनसेलको टावर भएपनि सिजनमा काम गर्दैन । अफ सिजनमा सामान्य मात्र चल्छ । एयर लिंक कम्पनीका संचालक बुद्धि तामाङका अनुसार बेसक्याम्पमा आरोही जाने मौसम अर्थात क्याम्प बसेको बेला मात्रै इन्टरनेट दिनुपर्ने भएकाले पनि तुलनात्मक रूपमा लागत र प्रविधिका हिसावले केही महंगो पर्ने गरेको छ । ‘दुई हजारदेखि २५ सय रुपैंयाँमा एक महिनाको इन्टरनेट प्याकेज दिइरहेका छौं । तर विदेशीहरुलाई केही मंहगो पर्नजान्छ, उनीहरुलाई खर्च गर्न पनि गार्हो छैन् । जटिल भूगोल र उच्च हिमाली क्षेत्रमा सेवा प्रदान गर्न सहज छैन् । इन्टरनेट सेवा राम्रो छ तर स्याटेलाइटमार्फत भइरहेको अनाधिकृत सेवाले हामीलाई असर पारेको छ । त्यसमा सरकारी चासो हुनुपर्यो, मिडियाले लेखिदिनुपर्यो,’ उहाँले भन्नु भयो।

नेपाल टेलिकम, एनसेल जस्ता सेवा प्रदायकहरुले उच्च हिमाली क्षेत्रमा सेवा विस्तार नगरेका कारण पनि इन्टरनेट सेवा मंहगो पर्न गएको छ । नेपाल टेलिकमका सह प्रवक्ता प्रक्षेत थापा क्षेत्रीका अनुसार टेलिकमले सेवा विस्तारलाई तिब्र बनाएको छ ।
‘सगरमाथा क्षेत्रको दिङ्बोचेसम्म फोरजी, लिङ्बोचेदेखि गोरेछापसम्म टूजी सेवा विस्तार गरिसकेका छौं । फाइबर विस्तारका लागि धमाधम सामग्रीहरु धुवानी गरिरहेका छौं । चाँडै तिब्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना छ,’ उहाँले भन्नु भयो। तर हिमाली क्षेत्र वा सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा अनाधिकृत रूपमा प्रयोग भइरहेकाले नेपाली सेवा प्रदायकहरुलाई कठिनाइ भइरहेको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले २०८२ साल २२ वैशाखमा सूचना जारी गर्दै अनाधिकृत रुपमा इन्टरनेट सेवा संचालनमा रहेको उल्लेख गरेको थियो। प्राधिकरणले भनेको थियो,‘नेपालका केही स्थानहरू (अग्ला हिमालहरूका आधार शिविर क्षेत्रहरूमा) हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीको स्याटेलाइट (भूउपग्रह) इन्टरनेट सेवा उपलब्ध गराउने गरेको र प्रयोग गर्ने गराउने गरेको भन्ने बुझिन आएको तथा उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधानविपरीत भएकाले यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

एयर लिंकका संचालक तामाङले दिएको जानकारी अनुसार सगरमाथा क्षेत्रमा करिब ५३ वटा स्याटेलाइट अनाधिकृत रुपमा प्रयोग भइरहेको छ । नेपाल दूर संचार प्राधिकरणका निर्देशक मीन प्रसाद अर्यालले सेवा मंहगो भएकोबारे आफूहरुले अध्ययन गरिएको बताउनु भयो । उहाँले भन्नु भयो,‘प्राधिकरणले गुणस्तर मापदण्ड तोकेको हुन्छ, सो अनुसार सेवा प्रदान गर्नुपर्छ । भौगोलिक रुपमा कठिन भएकाले अनुगमनमा केही समस्या भइरहेको छ, हामी अध्ययनका क्रममा छौं । अवैध सेवा र शुल्क लिएको पाए कारवाही गर्छौं ।’ तर प्राधिकरणले केही बर्षअघि नै प्रमुख पर्यटकीय क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको अभियान सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म विस्तार जनाएपनि त्यो प्रभावकारी देखिएको छैन् । प्राधिकरणले दुई पर्यटकीय केन्द्रमा निःशुल्क सेवा सुरु गरेको जनाएको थियो ।

 

यता, आधार शिविरभन्दा माथि नेपाली सेवा प्रदायकहरुले सेवा विस्तार गर्न नसकेपछि अनधिकृत रुपमा विदेशी प्रदायकहरुले सेवा दिइरहेका छन्। ति सबै अवैध छन् । अधिकांश आरोहीहरूले आधार शिविरभन्दा माथि उपलब्ध हुने इन्टरनेट स्याटलाइटमा आधारित रहेको बताउनु भयो । तर त्यस्ता सेवा अनाधिकृत भएको र सरकारको निगरानी वा दायरामा भन्दा बाहिर रहेको पाइन्छ। कतिपय आरोहीहरु इन्टरनेटको पहुँचमा हुनुलाई सुरक्षित ठान्ने गरेका छन् । हराइयो वा दुर्घटनामा परियो भने सम्पर्क गर्न सजिलो हुने भएकाले पर्वतारोहण कम्पनीहरूले कसरी इन्टरनेटको व्यवस्था गर्छन् भन्नेसँग खासै चासो राख्ने गरेका छैनन् । तर नेपालीहरुले सेवा महंगो र कमजोर भएको बताउने गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा