निजी क्षेत्रलाई त्रसित नहुन अर्थमन्त्रीको आग्रह

‘व्यवसायी सरकारका साझेदार हुन्, धरपकड गर्ने कुनै सूची छैन’

काठमाडौँ,२६ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्ला निराधार रहेको स्पष्ट पार्नुभएको छ। शुक्रबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार व्यवसायीहरूलाई त्रसित बनाउने पक्षमा नरहेको बताउनुभयो। व्यवसायीहरू माझ विश्वस्त पार्दै अर्थमन्त्री वाग्लेले भन्नुभयो, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन। तपाईँहरू हल्लाको पछि नलाग्नुहोस्, तपाईँहरू हाम्रो विकासका साझेदार हुनुहुन्छ।”

 

अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलर (१ खर्ब डलर) को आकारमा पु¥याउने सरकारको महत्वाकांक्षी योजनामा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारले तय गरेका पाँच मुख्य प्राथमिकताहरू यसरी प्रस्ट्याउनुभयोः

राज्यका हरेक संयन्त्रमा पारदर्शिता र विधिको शासन कायम गर्ने।

शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने।

मुलुकको आन्तरिक र बाह्य (छिमेकी मुलुकहरूसँग) सञ्जाल विस्तार गर्ने।

शिक्षा, स्वास्थ्य र मानव संशाधनमा लगानी बढाउने।

पर्यटन, संस्कृति र इतिहासको प्रवद्र्धनमार्फत विश्वमञ्चमा नेपालको उपस्थिति मजबुत बनाउने।

भारतको आर्थिक विकासको उदाहरणः ’आगामी बजेट निर्णायक हुने’

अर्थतन्त्रको दिशा परिवर्तन गर्न (जहाज मोड्न) सरकार लागिपरेको भन्दै उहाँले व्यवसायीहरूलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गर्नुभयो। सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दाको भारतको आर्थिक अवस्था र अहिलेको नेपालको सूचकहरू मिल्दोजुल्दो रहेको भन्दै उहाँले नेपालले पनि अब आर्थिक फड्को मार्ने बेला आएको बताउनुभयो।

“सन् २०१४÷१५ मा भारतको केही आर्थिक सूचकहरू नेपालको अहिलेकै हाराहारीमा थिए। तर पछिल्लो १२ वर्षमा भारतले ठुलो प्रगति गरेको छ। राजनीतिक स्थायित्व र इमानदारीका साथ काम गरे हामी पनि सोही बाटोमा अघि बढ्न सक्छौँ,“ उहाँले भन्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता