अनुसन्धान जारी

होटलमा युवतीको शंकास्पद मृत्युः तीन जना पक्राउ

रौतहट,२६ वैशाख । बाराको निजगढस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । निजगढ नगरपालिका–९ मा रहेको गुरुङ होटलमा बास बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय निजगढका अनुसार थिङ एक युवकसँग उक्त होटलमा बसेकी थिइन् । शुक्रबार राति करिब ११ बजे उनलाई निजगढ सामुदायिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए। अहिले मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने देखाएको छ । घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ । घटनापछि प्रहरीले होटलमा मृतक युवतीसँगै रहेका तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई पुरुष र एक महिला रहेका छन् । प्रहरीले हालसम्म उनीहरूको परिचय भने सार्वजनिक गरेको छैन । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र दोषी देखिएकाहरूलाई कानुनी दायरामा ल्याइनेछ,’ प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रासै त्रासमा झापा ५ का सुकुमबासी, पालिका सरकारले यो ढाढसले धान्न सक्ला ?

दमक,२६ वैशाख । बिहानको घाम नउदाउँदै अचेल झापा ५ को सुकुमबासी बस्तीमा हल्ला फैलिन्छ– “डोजर आउँछ रे।” यही एक वाक्यले सयौँ परिवारको निद्रा हराएको छ।

पहिलो पाईला नेपाल दमक शाखाको अध्यक्षमा पूःन राजु निरौला

दमक,२६ वैशाख । दमकमा सामाजिक संस्था पहिलो पाइला नेपाल, दमक शाखाको पाँचौँ शाखा अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले दोस्रो कार्यकालका लागि

ढोलको तालसँगै झ्याम्टाको घन्काइले उत्सवमय बन्यो दमक

दमक,२६ वैशाख।ढोलको तालसँगै झ्याम्टाको घन्काइ मिसिँदा दीपिनी आधारभूत विद्यालयको प्राङ्गण एकैछिनमा उत्सवमय बन्यो। रंगीन पहिरन र गहनामा सजिएका युवायुवतीको घेरामा सुरु भएको साकेला नृत्यले दमक–५

प्रधानमन्त्री बालेनको निर्णयको मुख्यमन्त्री यादवद्वारा प्रशंसा

जनकपुर,२६ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को प्रशंसा गर्नु भएको छ् । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक

‘स्वास्थ्यमन्त्री मुर्दाबाद’, ‘निशा मेहता राजीनामा दे’ ’लगायतका नारा

जनकपुर,२६ वैशाख । स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी

साहित्यकार न्यूटन आचार्यको उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण

काठमाडौं,२६ वैशाख । साहित्यकार न्यूटन आचार्यबाट लिखित पहिलो उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरिएको