साहित्यकार न्यूटन आचार्यको उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण

काठमाडौं,२६ वैशाख । साहित्यकार न्यूटन आचार्यबाट लिखित पहिलो उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरिएको हो । उपन्यास सार्वजनिक पछि वरिष्ठ साहित्यकार डा.नवराज लम्सालले युवा लेखकको सिर्जनात्मक साहसको प्रशंसा गर्दै लेखकमा निर्भिकता आवश्यक हुने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी प्रत्येकसँग भय हुन्छ, त्यो भय वा डरलाई निर्भिकतासँग निकाल्न सक्ने सामथ्र्य लेखकमा चाहिन्छ । यति धेरै मानिस उपस्थित भएर न्यूटनबारे सकारात्मक कुरा गरिरहँदा, उहाँले ‘मैले राम्रो लेख्न सकिन कि ?’ भन्ने डर बोकेका छन् भने त्यो भय हटेर गएको छ । यसलाई नोबेल पुरस्कार पाएजस्तै सम्झनुहोस् ।’

लम्सालले २०५९ सालमा जन्मिएका न्यूटनले कम उमेरमै पुस्तक लेखेर सबैलाई एउटै मञ्चमा जोड्न सफल भएको उल्लेख गर्नु भयो।उहाँले शिक्षक र चेतनाको विषयमा पनि धारणा राख्दै भन्नु भयो, ‘मैले सँधै रेडियोमा, बीबीसीमा भनेको छु— शिक्षकहरू समाजकै गुरु हुन् । समाज रूपान्तरणको तहमा मानिसहरू आलोचनात्मक चेतनाको कुरा गर्छन्, तर चेतना सत्य हो । चिन्ता, चिन्तन र चैतन्य साश्वत कुरा हुन् । समाजलाई चेतनाशील बनाउने काम गुरुहरूले नै गर्छन् ।’

कार्यक्रममा लेखक न्यूटन आचार्यले आफ्नो पहिलो उपन्यास पर्वतनन्दिनीको लोकार्पण समारोहमा उपस्थित सबैप्रति आभार व्यक्त गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता